Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

इलाममा तीन मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान

खबरडबली संवाददाता

इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्र र इलाम विद्या मन्दिर मतदान केन्द्रमा महिलाको नेतृत्वमा मतदान भइरहेको हो । 

इलाम नगरपालिका ५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यामिक विद्यालय मतदान 
केन्द्रमा  योभन्दा अघिका निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बोकेकी तारा श्रेष्ठ त्यहाँको मतदान अधिकृत बनेकी छन्।  सबैको सहयोग रहेको र मतदान शान्तिपूर्ण भइरहेको उनले बताइन् । मतदान केन्द्रमा प्रहरीबाहेक सबै कर्मचार महिला रहेको उनले बताइन् । मतदान केन्द्रमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको थियो । त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन्।

इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृतमध्ये तीनजना महिला मतदान अधिकृतहरुलाई महिलाहरु कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मीना आचार्यसहित पाँचजना महिला कर्मचारी खटिएका भने इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरेसहित पाँचजना महिला कर्मचारी खटिएका छन् ।

मतदानमा महिला कर्मचारीहरू मतदान केन्द्र व्यवस्थापनमा अब्बल देखिएका छन् ।  विगत केही निर्वाचनदेखि इलाममा सुरु भएको महिला कर्मचारीहरूलाई मतदान केन्द्रहरू व्यवस्थापन गर्न दिने अभ्यासमा महिला कर्मचारीहरू अब्बल सावित हुँदै गएका हुन्।

ती केन्द्रहरूमा प्रहरीबाहेक सबै कर्मचारी महिला रहेका छन् । जोखिमपूर्ण काम पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई उनीहरूको कामले गतिलो झापड हानेको मतदाताहरूले प्रतिक्रिया दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending