Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

प्रविधि प्रयोग गर्दा हुने जोखिमबारे सबैलाई सचेत गराउन आवस्यक

खबरडबली संवाददाता

झापा । झापाको बिर्तामोडामा आयोजित कार्यक्रममा प्रविधिको बढ्दो प्रयोग, साइबर अपराध र कानुनी प्रणालीका बारेमा छलफल भएको छ । नारी सञ्चार गृह झापाकाे आयोजनामा प्रविधिको बढ्दो प्रयोग, साइबर अपराध र कानुनी प्रणालीका बारेमा छलफल भएको हाे ।

नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा बिर्तामोड नगरपालिका नं ४ वडका वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शर्माले प्रविधि प्रयोग गर्दा हुने जोखिमबारे सबैलाई सचेत गराउनु पर्ने बताए । 

उनले अपराध र यसका विरुद्धको कानुनी व्यवस्थाबारे सबैलाई सचेत हुनुपर्ने, समयसापेक्ष प्रविधिको प्रयोग गर्नुपर्छ, होसियारीपूर्वक सिक्नुपर्ने आवश्यकताप्रति सबैले सचेत हुनुपर्ने र सिकेको पाठ बाँडफाँड गर्न सुझाव दिए ।

बिर्तामोड नगरपालिका ४ नं. इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रहरी निरीक्षक नरेश लिम्बुले, वडा समितिको सहयोग र नारी सञ्चार गृह, झापाले आयोजना गरेको कार्यक्रममा प्रविधिको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, त्यसले भोग्नुपर्ने समस्याबारे जानकारी गराए । 

झापाका विभिन्न क्षेत्रका किशोरकिशोरी, विद्यार्थी, अभिभावक, शिक्षकलगायत ११० जनाको सहभागितामा बिर्तामोड नगरपालिका वडा नं ४ को टोलविकास संस्थानका प्रतिनिधि तथा आयोजक संस्थाकी सदस्य दीपा पोखरेलले उक्त जानकारी दिए ।

कार्यक्रमका संयोजक स्वस्तिका आचार्यलाई स्वागत तथा सञ्चालक जोस्ना श्रेष्ठ, मानवअधिकार सञ्जाल झापाकीका अध्यक्ष रुपक खनाल, नेपाल महिला उद्यमी संघ नेपालकी अध्यक्ष पार्वता खरेल विम्ली, टोल विकास संस्थाका तर्फबाट सूर्यप्रसाद मैनालीले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा नारी सञ्चार गृह झापाकीका निवर्तमान अध्यक्ष भीमा शिवाकोटी, महिला मुक्ति अभियानको कोषाध्यक्ष भगवती मेचे, यादव ओलीलगायतको उपस्थिति रहेको थियो ।

सिकाइमाले विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै ध्यान दिवसका लागि अनुरोध गरिन् ।

 त्यसैगरी टोल विकास संस्थाका तर्फबाट सूर्यप्रसाद मैनालीले यस विषयमा केही थाहा पाएमा आफूलाई खुसी लागेको सन्देश दिँदै सबै सचेत र आवश्यक रहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending