Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सवारी दुर्घटनामा १० जनाको मृत्यु

खबरडबली संवाददाता
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्युभएकाे छ । काटमाडाैं लगायतका विभिन्न स्थानमा भएकाे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे हाे । 
 
 
काठमाडौं महानगरपालिका-२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ ।
 बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कालिकोटकाे खाँडाचक्र नगरपालिका-८ चिमगाउँ नजिक मान्ममाबाट चिमगाउँतर्फ जाँदै गरेको भे.२ त १९८१ नम्बरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेर  बिहीबार दिउँसो दुर्घटना हुँदा चालक दैलेख चामुण्डा गाउँपालिका बस्ने २५ वर्षीय भुपेन्द्र बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मन्ममा उपचारको क्रममा मृत्यु भएको  हो ।
सुर्खेतकाे बिरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा मंगलगढी चोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह ०५८० नम्बरको अटोबाट खसेर महोत्तरी मटियानी नगरपालिका-४ बस्ने ५८ वर्षीया उर्मिला देवीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।  अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीकाे दुहबी नगरपालिका-८ जुटमिल नजिक सडकमा ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९२६९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री बारा गढिमाई नगरपालिका-५ घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २२ वर्षीय सिनेन्द्र राम चमारको बिहीबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिहेको छ । 
दाङकाे शान्तिनगर गाउँपालिका-५ खैरेनीस्थित सडकमा हापुरेबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.५ प ९३२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सल्यान घर भई हाल दाङ शान्तिनगर गाउँपालिका-५ बस्ने ७० वर्षीय शम्सेर थापाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिका-८ पकडिहवास्थित सडकमा लु.१३ प ३८९० नम्बरको मोटरसाइकल र यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहिबार राति दुर्घटना हुँदा यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल चालक भारत बिहार घर भई हाल रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ नेउडिहवा बस्ने ३२ वर्षीय असलाम खान पठानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । 
मोरङकाे लेटाङ नगरपालिका-३ फारलाईनस्थित सडकमा लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ३२०८ नम्बरको अटो अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका-७ बस्ने ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको लेटाङ एडभान्स हेल्थकेयर सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।
यसैगरी मोरङकै केराबारी गाउँपालिका-७ प्रभात टोल बस्ने १७ वर्षीय निर्मल महतोको आफ्नै घर अगाडि साइकल गुडाउन क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाकाे मेचीनगर नगरपालिका-१२ देउनिया पुलस्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.११ प १६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्य भएको हो । 
गुल्मीकाे गुल्मीदरवार गाउँपालिका-३ म्यालपोखरीस्थित सडकमा गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु.३५ प ५४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुल्मीदरवार गाउँपालिका-३ राजा बस्ने २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ ।  
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending