काठमाडौं । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको आरोपमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्यााई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ ।
मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८१ - १६:१७
तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...
बैशाख २४ गते, २०८१ - १६:०९
गुल्मी । यात्रुको चाप बढेपछि गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ । थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...
बैशाख २४ गते, २०८१ - १५:२५
काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ । पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...
बैशाख २४ गते, २०८१ - १५:२१
काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...
बैशाख २४ गते, २०८१ - १५:१८
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ । कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...
बैशाख २४ गते, २०८१ - १५:१३
विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार
बैशाख २४ गते, २०८१ - १४:५२
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । प्रतापपुर गाउ...
बैशाख २४ गते, २०८१ - १४:३५
काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...
बैशाख २४ गते, २०८१ - १४:३३
सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...
बैशाख २४ गते, २०८१ - १४:२८
धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...
प्रतिकृया लेख्नुहोस्: