महोत्तरी । अग्निपीडित महोत्तरीको मटिहानी–६ जरलहवागाछी टोलका बासिन्दाका लागि धमाधम राहत सामग्री जुटाइँदै छ । गत बुधबारको आगलागीले घर गुमाएका परिवारलाई आज बिहान जनकपुरधामस्थित न्यूरो हस्पिटल तथा रिसर्च सेन्टरले राहत सामग्री प्रदान गरेको छ ।
बुधबार मध्याह्नको आगलागीमा सो बस्तीका एक सय १० घर जलेका थिए । आगोले अन्य ५० घरको अन्न, लुगाफाटा र अन्य सामग्रीमा क्षति भएको थियो । अग्निपीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । पालिकाले चामल र रु पाँच हजार नगद नगरपालिकाले उपलब्ध गराएको छ ।
यसैगरी रेडक्रस महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ भने मटिहानी–८ का सुनचाँदी व्यवसायी जयशङ्कर गुप्ता र जलेश्वर–२ का मनुराज चौधरीले राहत सामग्री सहयोग गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोेत्तरीले अग्निपीडित परिवारलाई रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैबीच, सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा डिजन भट्टराई र डढेलोविज्ञ सुन्दर शर्मा रहेका छन् ।
टोलीले क्षतिको यकिन गरी पीडितलाई राहत तथा पुनःस्थापनाका लागि तीनै तहका सरकारसँग समन्वय गरी गरिनुपर्ने कामबारे सुझाव दिने प्राधिकरणले जनाएको छ । बस्तीका अग्निपीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरीदिन मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: