Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सन्दर्भः २५ औं मनमोहन अधिकारी स्मृति दिवस

को हुन् स्व. मनमोहन अधिकारी ?

मनोज भट्टराई

नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ हुन मनमोहन अधिकारी । यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य रहेका थएि । वि.सं.२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए । उनको सरकार बनेको ९ महिनापछि नेपाली कांग्रेसले उनी अस्पतालको शैयामै भएको समयमा अविश्वासको प्रस्ताव ल्याएर  गिराएको थियो । अत्यतै लोकप्रिय सरकारको रुपमा स्थापित उनको सरकारको ९ महिने काललाई अहिले पनि नेपालको इतिहासको स्वर्णयुग भन्ने गरिएको छ ।

काठमाडौंको लाजिम्पाटमा जन्मेका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताए । उनलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उनको बि. एस्सी.को अध्ययन सकिन लागेका बेला १९४२ मा उनी  भारत छोडो आन्दोलनमा सहभागी भए । उनलाई ब्रिटिश सरकारले गिरफ्तार गर्यो र अन्य नेताहरू संगै जेल पठायो । यहाँबाट उनको अध्ययन पनि पुरा हुन पाएन ।

भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लागेका थिए । यिनी भारतीय कम्युनिस्ट पार्टीमा संलग्न भएका थिए। भारतबाट विराटनगर फर्केपछि उनी त्यहाँ एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने ।

कोत पर्वपछि स्थापना भएको राणा शासन १०४ वर्षसम्म निरंकुश रूपमा चल्यो । त्यसबेला नागरिकलाई कुनै पनि स्वतन्त्रता थिएन । राजनीतिक, शैक्षिकलगायतका क्षेत्रमा पूर्ण बन्देज थियो । शिक्षाको महत्त्व बुझेका परिवारका सदस्य शिक्षा आर्जन गर्न भारततिर जाने गर्थे । भारतीय जनताले अंग्रेज शासनविरुद्ध स्वतन्त्रताका लागि गरेको आन्दोलनको प्रभाव त्यहाँ अध्ययनरत नेपाली युवामा पनि र्पयो । त्यसैमध्येका एक थिए मनमोहन अधिकारी ।

फलस्वरूप विसं १९९९को ‘भारत छोड’ आन्दोलनमा भाग लिएकै कारण उनी पहिलोपल्ट अंग्रेजद्वारा पक्राउ परी भारतीय जेलमा परे । जेलमा भारतीय कम्युनिस्ट नेताहरूसँगको सम्पर्कका कारण उनीमा कम्युनिस्ट विचारधारा समाविष्ट भए  । जेलमा करिव डेढवर्षको बसाई पश्चात  पाँच वर्षजति भारतकै विभिन्न क्षेत्रमा रही काम गरे  । अनि नेपालमै आन्दोलनको अगुवाइ गर्ने लक्ष्य बोकेर विराटनगर कटन मिल्समा केमिस्टको नोकरी गर्न थाले । भारतीय स्तवतन्त्रता संग्रामबाट आफ्नो राजनीतिक जीवनको आरम्भ गरेका मनमोहनले २००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनको ऐतिहासिक नेतृत्व सम्हाले । मजदुर आन्दोलनकै सिलसिलमा मनमोहन तीन वर्ष जेल परे ।

२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसबेला मनमोहन जेलमा थिए । जेलबाट रिहाई भएलगत्तै नेकपाका संस्थापक नेता पुष्पलाल उनलाई  भेट्न रक्सौल आए । त्यहाँ भएको सौहार्दपूर्ण भेटघाट र छलफलपछि नेकपासँग अटूटसम्बन्ध र नेतृत्वदायी भूमिका रह्यो । २००७ सालको राणा विरोधी संघर्षका क्रममा उनलाई भारतीय समाजवादी पार्टीका मुक्ति सेनाका जवानहरूले पक्राउ गरी १२ दिनसम्म हिरासतमा राखेका थिए ।

२००८ मा कलकत्तामा सम्पन्न भएको पार्टीको पहिलो सम्मेलनबाट पोलिटब्युरो सदस्य भएका उनी  व.सं.२०१० सालमा भएको प्रथम महाधिवेशनबाट महासचिवमा निर्वाचित गरियो । यही बेला मनमोहन उपचार गर्न चीन जानुपर्ने भएपछि केशरजंग रायमाझीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिए । त्यतिबेला नेपालमा राजनीतिक रूपले धेरै उतारचढाव आयो त्यसलाई बुझ्न नेतृत्वले सकेन । जसका कारण कम्युनिस्ट पार्टीमा थुप्रै मतभेदहरू देखिए ।

०१७ साल पौष १ गतेको काण्डमा मनमोहन अधिकारी विराटनगरबाट गिरफ्तार भई ०२५ को अन्त्यतिर छुटे । जेलबाट छुट्दा दिएको वक्तव्यलाई लिएर कतिले मनमोहन अधिकारीलाई ‘राजावादी’ भएको आरोप समेत लाउन भ्याए  । यद्यपि उनले राजा र पञ्चायतसामु कहिल्यै पनि नझुकेर आफूमाथि लागेको आरोपलाई गलत सावित गरेर देखाए । कम्युनिस्ट पार्टीमा आएको विभाजनले उनी सदैव चिन्तित रहन्थे त्यसैले विभाजन विरूद्ध एकताको प्रयासलाई अगाडि बढाउने उद्देश्यले मनमोहन सहित ३ जनाको केन्द्रीय न्युक्लियसको गठन भयो ।

यसले एकताको प्रयासलाई बढाउन नपाउँदै न्युक्लियसभित्रै विभाजन सुरु भयो । कम्युनिस्ट पार्टीमा एकपछि अर्को विभाजन बढ्दै गएपछि उहाँ ज्यादै चिन्तित बने । त्यसपछि केही समय चुपचाप रहनु नै उपयुक्त हुने ठाने  । ०२८ सालमा पूर्वकोसी प्रान्तीय कार्यकर्ताविहीन नेताका रूपमा रहेका  मनमोहनले ०३६ सालमा नेकपा ९मनमोहनं० नामको छुट्टै पार्टी खोलीे महासचिव भए । वि.सं.०३६ जेष्ठ १० गते जनमत संग्रहको घोषणा भयो । मनमोहन अधिकारीले जनमत संग्रहलाई निष्पक्ष र धाँधालीरहित बनाउन पाँच पूर्वसर्त प्रस्तुत गरे । आफू पनि बहुदलका पक्षमा लागेर हिँडे । त्यसक्रममा पञ्चायत समर्थक गुन्डाहरूले ठाउँठाउँमा उनलाई  अपमानित गरेका थिए । तर, पनि ६० वटा जिल्लामा बहुदल पक्षलाई भोट माग्दै गाउँगाउँमा आफ्ना विचार राख्न सफल भए  ।

जनमत संग्रहमा पञ्चायतको विजय भएको घोषणा गरेलगतै प्रमाणसहित जनमतसंग्रह निष्पक्ष नभएको भन्दै त्यसको विरोध एवं भर्सना गरे  । त्यसपछि पञ्चायती शासकहरूको दमन तीव्र भयो । त्यतिबेला सानो पार्टीको नेतृत्व गरे पनि उहाँ सबैखाले दमन र अत्याचारका विरुद्ध उभिए  र पञ्चायत विरोधी संर्घषमा ऐक्यबद्धता जाहेर गरिरहे ।

वि.सं.०४६ मा भएको जनआन्दोलनको पहिलो दिनमा नै पक्राउ परी आन्दोलन सफल भएपछि चैत्र २६ गते रातिमात्र छोडिएको थियो । समयको माग र अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा गुट र उपगुटमा विभाजित कम्युनिस्ट पार्टीका नेताहरूले आपसी एकताको लागि प्रयासहरू गर्न थाले ।

एउटै कम्युनिस्ट पार्टी बनेमा शक्तिशाली हुने र देशमा राजनीतिक स्थिरता आउने भएकोले ०४६ को सफल जनआन्दोलनपश्चात् ०४६ पौष २२ गते अधिकारीले नेतृत्व गरेको नेकपा ९माक्र्सवादी० र मदन भण्डारीले नेतृत्व गरेको  नेकपा९माले० एकीकृत भई नेकपा ९एमाले० गठन भयो । एकतापछि बनेको पार्टीको अध्यक्ष पदमा उनी नै सर्वसम्मतले छानिए ।  त्यसैगरी ०४९ मा भएको नेकपा एमालेको पाँचौँ महाधिवेशनमा पुन अध्यक्ष पदमा नै चयन भए । प्रजातन्त्रको पुन स्थापनापश्चात् २०५ सिटका लागि भएको आम निर्वाचनमा एमाले पार्टीले ६९ सिटमा विजय हासिल गरी उहाँलाई संसदमा  प्रतिपक्षी दलको नेतामा चयन गर्यो ।

०५१ मा भएको मध्यावधि निर्वाचन २०५ मध्ये ८९ सिट ल्याई एमाले संसदमा सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन पुग्यो । ठूलो पार्टीको हैसियतले एमालेले अल्पमतको सरकार गठन र्गयो । मनमोहन अधिकारीले इतिहासको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरे  । नौ महिनामात्र शासन गर्न पाएको मनमोहन नेतृत्वको सरकारले नेपालको इतिहासमै सबैभन्दा जनपक्षीय र लोकप्रिय सरकारका रूपमा आफूलाई स्थापित गर्न सक्यो ।

२००३ सालदेखिको अनवरत राजनीतिक संघर्ष र जनतामा देखाएको त्याग नै मनमोहन अधिकारीको सरकारको आधार थियो । मनमोहन जति दिन सत्तामा रहे  जनताकै पक्षमा काम गरे  । त्यसैले त उनी बालक, युवा, वृद्ध सबैका आशाका धरोहर बन्न पुगे  । जनतालाई राहत दिने गरी काम गरेको देख्न नसक्ने देशी विदेशी शक्तिले अल्पमतको सरकारबाट हटाए पनि जनताले मनमोहनले बहुमतको सरकार चलाएको हेर्न चाहिरहेका थिए ।

०५६ सालमा हुन लागेको आमनिर्वाचनमा पार्टीले ‘आगामी सरकार एमालेको अल्पमतको होइन बहुतमतको’ भन्ने नारालाई अगाडि सारेपछि त्यो नारालाई सार्थकता प्रदान गर्न उहाँ अझ बढी जोस र जाँगरका साथ पार्टी काममा संलग्न हुन थालेका थिए  । चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउँछ भन्ने प्रबल विश्वास उनीमा  थियो र त्यही आत्मविश्वासले मेचीदेखि महाकालीसम्मका भू–भागहरूमा सक्रियतापूर्वक सहभागी भइरहेका थिए ।

चुनावी कार्यक्रमकोसन्दर्भमा  वैशाख ६ गते काठमाडौं जिल्ला अन्तर्गत क्षेत्र नं. १ गोठाटारको चुनावी सभालाई सम्बोधन गरी निवास फर्कने क्रममा एक्कासि अस्वस्थ भए । त्यसलगतै शिक्षण अस्पतालमा र्पुयाई ७ दिनसम्म उपचारमा सम्भव भएसम्मका उपायहरू अप्नाउँदा पनि उनलाई बचाउन सकिएन । राष्ट्र र जनताका लागि लड्दालड्दै, निमुखा जनताका खातिर एमालेको बहुमतको सरकार बनाउने संकल्पमा जुट्दाजुट्दै ०५६ वैशाख १३ गते उनले  यस धर्तीबाट सदाका लागि बिदा लिए ।

मनमोहन पार्टीको नेता होइन सिंगो मुलुकको अभिभावक बनेका थिए । त्यो जनभावना अनुसारको काम गरेका  कारण थियो । मनमोहनपछि पनि एमालेले पटकपटक  सरकारको नेतृत्व गर्ने मौका पायो तर पनि जनताले उनको नौ महिने साशनको जस्तो अनुभुति गर्न पाएका छैनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending