Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

रौतहटमा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु

फाइल तस्विर
खबरडबली संवाददाता

रौतहट । रौतहट स्थित सवारी दुर्घटनामा परेर १ वर्षको अवधिमा ४१ जनाको ज्यान गएको छ। ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक अनुसार १ वर्षकाे अवधिमा ४१ जनामकाे मृत्यु भएकाे हाे ।

प्रहरीले जिल्लामा १ वर्षमा नियम विपरित चलेका झण्डै १७ हजार सवारी साधन लाई कारवाहीको दायरामा ल्याएर डेढ करोड बढी राजश्व संकलन गरेको जनाएकाे छ । 

अघिल्लो आर्थीक वर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना संगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कार्वाही बाट कुल १ करोड ५६ लाख, ६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्। 

सोही अवधिमा जिल्लाको बिभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिएका छन।

अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ बर्षको अवधीमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ। 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending