सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वृहत अन्तरक्रिया, छलफल र प्रगति समिक्षा गरिएको छ । बुधबार शैक्षिक गुणस्तर अभिवृद्धि र शैक्षिक सत्र २०८१ मा सिकाई उपलब्धी अभिवृद्धि गर्ने सन्दर्भमा जनप्रतिनिधी एवम् विद्यालयका प्रधानाध्यापकहरुका विचमा छलफल सम्पन्न भएको हो ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका ४३ विद्यालय मध्ये ३९ वटा सामुदायीक र ३ वटा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले कक्षागत र विद्यालयको सिकाई उपलब्धी प्रस्तुतीकरण गरेका थिए ।
यस्तै शैक्षिक सत्र २०८० मा गरिएको ३८ बुदे कार्यसम्पादन करार सम्झौताको समिक्षा गरिएको थियो भने शैक्षिक सत्र २०८१ का लागि हाल सम्म भर्ना भएका विद्यार्थीको तथ्यांक लिइएको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख केशर बहादुर वलीले जानकारी दिए । आगामी दिनमा विद्यालय अनुगमनलाई चुस्त दुरुस्त बनाउने निर्णय संगै छत्रेश्वरी शैक्षिक पात्रो, २०८१ पनि सार्वजनिक गरिएको उनले जनाए ।
सिकाई उपलब्धी अभिवृद्धि र विद्यालय सुधारका लागि गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आवश्यक निर्देशन प्रदान गरेका थिए । गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष फौद बहादुर बस्नेत, वडा नं २ का वडा अध्यक्ष प्रेम बहादुर नेपाली, ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, वडा नं ६ का वडाध्यक्ष टिकाराम बुढा लगाएत कार्यक्रममा सहभागि थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: