सल्यान। मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल सल्यान शाखाको आयोजनामा जिल्लाको कालिमाटी गाउँपालिकामा मानव एकता दिवस मनाइएको हो ।
नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको शिविरमा १६ जना महिला र १६ जना पुरुष गरेर ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रुपलाल गिरिले जानकारी दिए । कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राना, कार्यपालिका सदस्य विष्णु वली राजी लगाएतले रक्तदान गरेका हुन् ।
रगत नालिमा होइन नाडिमा बगाउं भन्ने नाराका साथ मानव एकता दिवसको महत्वको बारेमा समेत कार्यक्रममा चर्चा परिचर्चा गरिएको थियो । कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले रक्तदान गर्दा अरु कसैले जीवनदान पाउने, मृत्युको संकट टर्ने र अरु कुनै पीडित व्यक्तिको उपकार हुने भएकाले स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने धारणा राखे ।
मानव एकता दिवसको चर्चा गर्दै उनले अत्यन्तै ठूलो सौभाग्यले प्राप्त मानव चोलाको सार्थकताको लागि सकीन्छ भने सबै प्राणीको कल्याणको लागि काम गर्नुपर्ने र त्यसो नसकिएमा मानव हितको लागि इमान्दार काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कालिमाटी–३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले मानिसको बीचमा कुनै प्रकारको असमझदारी र विभेद हटाउनुपर्ने बताउदै मानिसले मानिसको समस्या बुझ्न सक्नुपर्ने बताए । सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर रानाले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई आध्यात्मीक विचारधारा भएको उल्लेख गरे ।
यस्तै रक्तसञ्चार केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपानेले १८ वर्षदेखी ६५ वर्ष सम्मको ४५ किलो माथीको स्वस्थ व्यक्तिले रक्तदान गर्न मिल्ने बताए । पुरुषले वर्षको ४ पटक र महिलाले वर्षको ३ पटक सम्म रगत दिन मिल्ने भन्दै उनले रक्तदानले आफुलाई समेत फाइदा गर्ने बताए ।
नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले शान्ती कायम गर्नका लागि मानव एकता दिवसले योगदान पुर्याउने अपेक्षा राख्दै सल्यान जिल्लामै रगत अभावको समस्या समाधानका लागि सरोकारवालाहरुले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।
रक्तदान शिविरमा इलाका प्रहरी कार्यालय कालीमाटीका प्रमुख टंकेश्वर भट्टराई, कार्यपालिका सदस्य विष्णु वली राजी, ज्ञान प्रचारक लोक बहादुर केसी, शारदा जिसी, सतसंग इन्चार्ज रामसिंह खासु मगर लगाएतले मन्तव्य राख्दै रक्तदानको महत्व र यसका लागि सन्त निरंकारी मण्डलले खेलेको नेतृत्वदायी भुमिकाको प्रसंशा गरेका थिए ।
सन् १९८० अप्रिल २४ मा बाबा गुरु वचन सिंको भारतमा हत्या भएपछि उनका अनुयायीहरुले हत्या भन्दा पनि रगतदान गरेर मानवता देखाउनुपर्ने भन्दै हरेक वर्ष अप्रिल २४ तारिखका दिन मानव एकता दिवस मनाउने गरिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: