Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

निरंकारी मण्डलको शिविर, मानव एकता दिवसमा रक्तदान

खबरडबली संवाददाता

सल्यान। मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल सल्यान शाखाको आयोजनामा जिल्लाको कालिमाटी गाउँपालिकामा मानव एकता दिवस मनाइएको हो । 

नेपाल रेडक्रस सोसाइटी दाङको प्राविधिक सहयोगमा भएको शिविरमा १६ जना महिला र १६ जना पुरुष गरेर ३२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक रुपलाल गिरिले जानकारी दिए । कालिमाटी ३ का वडा अध्यक्ष शिव बहादुर खत्री, सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर राना, कार्यपालिका सदस्य विष्णु वली राजी लगाएतले रक्तदान गरेका हुन् ।

रगत नालिमा होइन नाडिमा बगाउं भन्ने नाराका साथ मानव एकता दिवसको महत्वको बारेमा समेत कार्यक्रममा चर्चा परिचर्चा गरिएको थियो । कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले रक्तदान गर्दा अरु कसैले जीवनदान पाउने, मृत्युको संकट टर्ने र अरु कुनै पीडित व्यक्तिको उपकार हुने भएकाले स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने धारणा राखे । 

मानव एकता दिवसको चर्चा गर्दै उनले अत्यन्तै ठूलो सौभाग्यले प्राप्त मानव चोलाको सार्थकताको लागि सकीन्छ भने सबै प्राणीको कल्याणको लागि काम गर्नुपर्ने र त्यसो नसकिएमा मानव हितको लागि इमान्दार काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कालिमाटी–३ का वडा अध्यक्ष शिव बहादुर खत्रीले मानिसको बीचमा कुनै प्रकारको असमझदारी र विभेद हटाउनुपर्ने बताउदै मानिसले मानिसको समस्या बुझ्न सक्नुपर्ने बताए । सन्त निरंकारी मण्डलका केन्द्रीय सदस्य दल बहादुर रानाले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई आध्यात्मीक विचारधारा भएको उल्लेख गरे । 

यस्तै रक्तसञ्चार केन्द्र दाङका इन्चार्ज दिलिप न्यौपानेले १८ वर्षदेखी ६५ वर्ष सम्मको ४५ किलो माथीको स्वस्थ व्यक्तिले रक्तदान गर्न मिल्ने बताए । पुरुषले वर्षको ४ पटक र महिलाले वर्षको ३ पटक सम्म रगत दिन मिल्ने भन्दै उनले रक्तदानले आफुलाई समेत फाइदा गर्ने बताए । 

नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीले शान्ती कायम गर्नका लागि मानव एकता दिवसले योगदान पुर्याउने अपेक्षा राख्दै सल्यान जिल्लामै रगत अभावको समस्या समाधानका लागि सरोकारवालाहरुले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

रक्तदान शिविरमा इलाका प्रहरी कार्यालय कालीमाटीका प्रमुख टंकेश्वर भट्टराई, कार्यपालिका सदस्य विष्णु वली राजी, ज्ञान प्रचारक लोक बहादुर केसी, शारदा जिसी, सतसंग इन्चार्ज रामसिंह खासु मगर लगाएतले मन्तव्य राख्दै रक्तदानको महत्व र यसका लागि सन्त निरंकारी मण्डलले खेलेको नेतृत्वदायी भुमिकाको प्रसंशा गरेका थिए ।

सन् १९८० अप्रिल २४ मा बाबा गुरु वचन सिंको भारतमा हत्या भएपछि उनका अनुयायीहरुले हत्या भन्दा पनि रगतदान गरेर मानवता देखाउनुपर्ने भन्दै हरेक वर्ष अप्रिल २४ तारिखका दिन मानव एकता दिवस मनाउने गरिएको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending