Ntc summer Offer
Khabar Dabali २ फाल्गुन २०८१ शुक्रबार | 14th February, 2025 Fri
Investment bank

अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट

खबरडबली संवाददाता

काठमाडौं । नेपालका  बैंक तथा वित्तीय संस्थामार्फत निजी क्षेत्रसँगका सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएका वित्तीय विकास संस्था (डेभलपमेन्ट फाइनान्स इन्सिच्युसन) को प्रतिनिधिमण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ । 

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डा डेनियल मेउलको संयोजनमा विभिन्न १४ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अर्थमन्त्री पुनसँग अर्थ मन्त्रालयमा भेट गरेको उनको सचिवालयले जनाएको छ । 

नेपालका वाणिज्य बैंकहरुसँग मात्र सहकार्य गर्दै आएका अन्तर्राष्ट्रिय विकास संस्थाले आगामी दिनमा विकास बैंक र वित्त कम्पनीमार्फत पनि लगानी गर्न चाहेको बताएका छन् । त्यस्ता संस्थाले हालसम्म नेपालका बैंकहरुमार्फत ऊर्जा, कृषि, महिला उद्यमशीलता र पिछडिएको क्षेत्रका लागि अमेरिकी डलर ६० करोड लगानी हाराहारी लगानी गरिसकेको जनाइएको छ । 

भेटका क्रममा प्रतिनिधिमण्डलका सदस्यले आफूहरु नेपालमा लगानीको क्षेत्र विस्तार गर्न इच्छुक रहेको भन्दै थप लगानी ल्याउने प्रतिबद्धतासमेत जनाएका छन् । जवाफमा अर्थमन्त्री पुनले वैदेशिक लगानी आकर्षित गर्ने नीतिमा सरकार रहेको उल्लेख गर्दै आन्तरिक तथा बाह्य निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण जनाउँदै गएको बताए । 

प्रतिनिधिमण्डलमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएफसी), एसियन विकास बैंक (एडिबी), अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी), बेलायती सरकारको स्वामित्वमा रहेको ब्रिटिस इन्टरनेउनल इन्मेष्टमेन्ट, बेल्जियमको बिआइ ओ इनभेष्टिङका साथै जर्मनी, फ्रान्स, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, स्वीडेनका सरकारी स्वामित्वका कम्पनीका प्रतिनिधि संलग्न थिए । 

यसअघि सोही प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीसंँग भेटेको थियो । त्यसक्रममा सचिव मरासिनीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै केही दिनअघि मात्र अध्यादेशमार्फत  लगानी प्रतिकूल ठानिएका विभिन्न ऐन संशोधनको निर्णय गरेको बताए । 

नेपालले आगामी सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति गर्न तथा सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) को उद्देश्य पूरा गर्ने अभियानमा रहेकाले सरकारले वैदेशिक लगानीमा जोड दिने नीति लिएको सचिव मरासिनीको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिउँदमा हिमपात र वर्षा नहुँदा वातावरणमा असर

म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् ।...

आमाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

रुपन्देही । रुपन्देहीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।  जिल्लाको कञ्चन गाउँपालिका वडा नं १ सुन्दर टोलकी ४५ वर्षीया आमा पार्वती परियारको...

रेडक्रस खोटाङको सभापतिमा जोशी निर्वाचित

खाेटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङकाे जिल्ला सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन् । पाँच कार्यकाल जिल्ला सभापति सम्हालिसकेका अर्...

नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६३५ ज...

शिक्षा नीति बहसमा कांग्रेसको तरुण विमर्श

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत तरुण विमर्श गरेको छ । केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभागले आज ...

एमालेप्रति जनताको मोह भंग भएको छ: वर्षमान पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।  ३०औं ...

ट्रम्प–पुटिनको भेटपछि स्कोल्जद्वारा युक्रेनका लागि ‘निर्देशित शान्ति’ अस्वीकार

बर्लिन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा वार्ता सुरु गर्न सहमत भएपछि जर्मन चान्सलर ओलाफ स्कोल्जले ...

गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति: प्यालेस्टिनी वार्ता स्रोत

कायरो । यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजि...

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

भारत । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक...

सुधारका लागि ‘राष्ट्रिय सहमति आयोग’ गठनः बङ्गलादेश

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्त्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति आयोग गठन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्ल...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy