महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण केही समयसम्म डढेलोका घटनामा कमी आए पनि चर्को गर्मी बढेसँगै फेरि डढेलोका घटना बढ्न थालेका हुन् ।
अहिले पूर्वपश्चिम राजमार्गपर्ने जिल्लाको १८ किलोमिटर दूरीको दायाँबायाँ क्षेत्रमा जताततै धुवाँको मुस्लो देखिन्छ । चैत दोस्रो साताअघिसम्म राजमार्गको दक्षिणतर्फ बढी देखिने डढेलो अहिले भने उत्तरतर्फको राष्ट्रिय वनक्षेत्रमा पनि फैलिएको स्थानीयले बताएका छन् ।
बर्दिबास नगरपालिका–१० खयरमाराका प्रेमध्वज लामाले सर्लाहीसँग जोडिएको बाँके नदीवारीको राष्ट्रिय वनक्षेत्रमा पछिल्ला तीन दिनयता बढेको डढेलोले नजिकका बस्तीसमेत जोखिममा बताए। पछिल्ला तीन दिनयता सागरनाथ वन विकास परियोजनाको बर्दिवास–८ हात्तीलेट प्लट र राष्ट्रिय वनक्षेत्रको बाँके जङ्गलमा डढेलो बढेको उहाँले जानकारी दिए।
“बस्ती नजिकैको वनमा डढेलो छ, जतिखेर पनि आगोको लप्काले भेटाउँछ कि भन्ने त्रास छ । त्यसैले केही दिनदेखि निदाउन पनि सकिएको छैन”, लामा भन्छन्, “राजमार्ग उत्तर र दक्षिण दुवैतर्फ गरी वनसँग जोडिएका २० भन्दाबढी बस्तीका बासिन्दा अहिले त्रासमा छौँ ।”
वन डढेलो बस्तीमा पस्नेमात्रै होइन नीलगाई, दुम्सी र हरिणसहितका वन्यजन्तु बस्तीमा पसेपछि दोहोरो त्रास बढेको बदिवास–१ की गृहिणी दीपा काफ्लेको भनाइ छ । “वन क्षेत्र नजिकका बस्तीमा बाँदरको आतङ्क बढेपछि खेतबारीको अन्नपात, घर र आँगनका थाङ्रामा राखिएका मकै तथा अन्य खानेकुरा जोगाउनै हैरान छ । अन्य वन्यजन्तुले पनि त्यस्तै दुःख दिएका छन्”, काफ्लेले गुनासो गरे ।
गौशाला नगरपालिका–८ बेलगाछीका सामाजिक अभियन्ता मीन रहपालले डढेलोले बर्सेनी बहुमूल्य काठमा नोक्सानी हुनुका साथै बस्तीमा समेत क्षति पु¥याउँदै आएकाले डढेलो नियन्त्रणका लागि ठोस् योजना निर्माण र जानीजानी डढेलो लगाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुहुन्छ ।
डिभिजन वन कार्यालय महोत्तरीका वन अधिकृत सन्तोष झाले वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण र त्यसको जोखम बस्तीमा पर्न नदिन प्रयत्न गरिरहेका बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १८:११
काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...



प्रतिकृया लेख्नुहोस्: