Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बडी होइन, बच्चा बनाउनतिर लाग्न राजेश हमाललाई प्रशंसकको सल्लाह

खबरडबली संवाददाता

काठमाडौं ।  महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष हाराहारीमा रहेका फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उमेरका देखिँदैनन् ।

राजेशका धेरै फ्यान देखिन्छन् । तर, कहिलेकाहीँ उनै फ्यानहरुका कारण अफ्ठ्यारोमा पर्ने गरेका छन् । नौ वर्ष अघिसम्म राजेशलाई उनैले सोध्थे– बिहे कहिले गर्ने ? २०७१ जेठमा धरानकी मधु भट्टराईसँग घरजम गरेपछि राजेश उक्त प्रश्नबाट मुक्त भए । त्यसपछि फ्यानहरुले सोध्न थाले ‘बच्चाको बाउ कहिले बन्ने ?’

बच्चा जन्माउने वा नजन्माउने वा कतिवटा जन्माउने भन्ने विषय राजेश दम्पतीको नीजि मामिला हो । सार्वजनिक जीवन बाँचिरहेका पात्र भएकाले फ्यानहरुले चासो राख्नु पनि अस्वाभाविक होइन ।

उनै राजेशले मधुसँगको एउटा रोमान्टिक तस्बिरहरु पछिल्लो समय सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा राजेश कालो क्याप, कालो चस्मा र गाढा निलो स्यान्डोमा देखिएका छन् भने मधु रातो ड्रेसमा । तस्बिरले जोडी ‘रोमान्टिक फ्रेस–मूड’ मा रहेको भाव प्रकट गर्छ ।

ती तस्बिरलाई लिएर सामाजिक सञ्जाल प्रयोकर्ताहरुमध्ये केहीले राजेशको फिट्नेसको प्रशंसा गरेका छन् भने कतिपयले सुन्दर जोडीको विशेषण दिएका छन् । प्रतिक्रिया जनाएका अधिकांशले राजेशलाई बच्चाको बाउ कहिले हुने ? भनेर प्रश्न गरेका छन् । टंक कडायत लेख्छन्, ‘बच्चा खोई ?’

कुसाङ चेम्जोङ लिम्बुले ‘दोस्रो राजेश हमाल चाहीँ कहिले जन्माउने हो राजेश दाई ?’ भनेर लेखेका छन् । धु्रवराज जोशीको प्रतिक्रिया छ, ‘राजेश दाईले बुढेशकालसम्म पनि बडी राम्रो मेन्टेन गर्नु भएको छ । तर सानो राजेश हमालको बडी जन्माउने सुरसार किन नगरेको ?’

मेनुका शाह लेख्छिन्, ‘बल्ल बल्ल बिहे गर्नुभयो । सानो बाबु हेर्न पाइएला कि भनेको देख्न नपाई मरिएला जस्तो छ ।’ हिमाली थापाको सल्लाह छ, ‘ह्या दादा पनि । बडीसडीको चक्करमा नलागिस्यो न । भतिज र भतिजी कसरी बनाउने त्यतातिर सोचिस्यो । फाइदै फाइदा छ ।’

विजय राईले लेखेका छन्, ‘दाई जति बडि बनाएनी के काम, एउटा सानो बडिको चाँजोपाँचो नगरेसी ।’ करिब ५७ हजार फ्यानले लाइक गरेको उक्त तस्बिरमा हजारौंले राजेशलाई बच्चा जन्माउनेतर्फ अग्रसर नभएकोमा जिज्ञासा राखेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending