काठमाडौं । महानायक राजेश हमालले तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ६० वर्ष हाराहारीमा रहेका फिट्नेसमा ध्यान दिएकै कारण उनी तीन बीस उमेरका देखिँदैनन् ।
राजेशका धेरै फ्यान देखिन्छन् । तर, कहिलेकाहीँ उनै फ्यानहरुका कारण अफ्ठ्यारोमा पर्ने गरेका छन् । नौ वर्ष अघिसम्म राजेशलाई उनैले सोध्थे– बिहे कहिले गर्ने ? २०७१ जेठमा धरानकी मधु भट्टराईसँग घरजम गरेपछि राजेश उक्त प्रश्नबाट मुक्त भए । त्यसपछि फ्यानहरुले सोध्न थाले ‘बच्चाको बाउ कहिले बन्ने ?’
बच्चा जन्माउने वा नजन्माउने वा कतिवटा जन्माउने भन्ने विषय राजेश दम्पतीको नीजि मामिला हो । सार्वजनिक जीवन बाँचिरहेका पात्र भएकाले फ्यानहरुले चासो राख्नु पनि अस्वाभाविक होइन ।
उनै राजेशले मधुसँगको एउटा रोमान्टिक तस्बिरहरु पछिल्लो समय सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा राजेश कालो क्याप, कालो चस्मा र गाढा निलो स्यान्डोमा देखिएका छन् भने मधु रातो ड्रेसमा । तस्बिरले जोडी ‘रोमान्टिक फ्रेस–मूड’ मा रहेको भाव प्रकट गर्छ ।
ती तस्बिरलाई लिएर सामाजिक सञ्जाल प्रयोकर्ताहरुमध्ये केहीले राजेशको फिट्नेसको प्रशंसा गरेका छन् भने कतिपयले सुन्दर जोडीको विशेषण दिएका छन् । प्रतिक्रिया जनाएका अधिकांशले राजेशलाई बच्चाको बाउ कहिले हुने ? भनेर प्रश्न गरेका छन् । टंक कडायत लेख्छन्, ‘बच्चा खोई ?’
कुसाङ चेम्जोङ लिम्बुले ‘दोस्रो राजेश हमाल चाहीँ कहिले जन्माउने हो राजेश दाई ?’ भनेर लेखेका छन् । धु्रवराज जोशीको प्रतिक्रिया छ, ‘राजेश दाईले बुढेशकालसम्म पनि बडी राम्रो मेन्टेन गर्नु भएको छ । तर सानो राजेश हमालको बडी जन्माउने सुरसार किन नगरेको ?’
मेनुका शाह लेख्छिन्, ‘बल्ल बल्ल बिहे गर्नुभयो । सानो बाबु हेर्न पाइएला कि भनेको देख्न नपाई मरिएला जस्तो छ ।’ हिमाली थापाको सल्लाह छ, ‘ह्या दादा पनि । बडीसडीको चक्करमा नलागिस्यो न । भतिज र भतिजी कसरी बनाउने त्यतातिर सोचिस्यो । फाइदै फाइदा छ ।’
विजय राईले लेखेका छन्, ‘दाई जति बडि बनाएनी के काम, एउटा सानो बडिको चाँजोपाँचो नगरेसी ।’ करिब ५७ हजार फ्यानले लाइक गरेको उक्त तस्बिरमा हजारौंले राजेशलाई बच्चा जन्माउनेतर्फ अग्रसर नभएकोमा जिज्ञासा राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: