रुपन्देही । वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ ।
ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल नष्ट भएका छन् । गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।
शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ । आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप लिएको छ । आज भैरहवाको तापमान ४३ डिग्री पुगेको छ ।
भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो । रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।
भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ । सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिए ।
“चिसो मौसम हुँदा सरदर तीनदेखि चार सय बिरामीको सङ्ख्या हुन्थ्यो, अहिले छ देखि सात सय दैनिक पुगेको छ,” उनले भने, “धेरैमा पखाला र छालासम्बन्धी समस्या देखिएको छ ।” गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको उनले बताए ।
पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन् । अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई समस्या भएको उनले बताए ।
गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो । गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् । बजार सुनसान भएपछि व्यापार घटेको छ । मोबाइल व्यापारी हरि पाण्डेले गर्मीकै कारण व्यापार घटेको बताए ।
“अहिले किसानसँग पैसा आएर बिक्री बढ्नुपर्ने हो,” पाण्डेले भने, “तर गर्मी र तातो हावाकै कारण आगलागीले किसानको अन्न नष्ट भएको छ, अनि कसरी व्यापार बढ्नु ?” अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायत समस्या देखिएकाले उनीहरुलाई पर्याप्त झोलिलो पदार्थ ख्वाउन चिकित्सकले सुझाव दिएका छन् ।
दिउँसो ११ देखि ३ बजेसम्म अति आवश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले सुझाव दिए । “बाहिर निस्किनै परे पूरा बाहुलाको लुगा लगाएर निस्किने र मुख राम्ररी छोप्नुपर्छ,” उनले भने, “कतिपयले सन्सक्रिम लगाउनुहुन्छ, यसले पनि एलर्जी हुने हुँदा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।”
गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढीभन्दा बढी खान उनको सुझाव छ । तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: