Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

‘लुसिफर राइजिङ’ नाटक अनिश्चितकालका लागि रोकियो, राजनीतिक दबाब वा अत्याधिक अश्लीलता ?

खबरडबली संवाददाता

काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स्थगित गर्नुपरेको दाबी गरेको छ।

निर्माण टिमले जारी गरेको सूचनामा भनिएको छ, 'अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण नाटक ‘लुसिफर राइजिङ’ को मञ्चन रोक्न बाध्य भएका छौँ। दर्शकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।'

यो नाटक मझुवा बगर नामक संस्थाले निर्माण गरेको हो भने मञ्चन एक थिएटर नेपालको हलमा भइरहेको थियो। पछिल्लो समय ‘लुसिफर’ शब्दलाई लिएर राजनीतिक रूपमा विभिन्न बहस र आरोप–प्रत्यारोप समेत भइरहेका कारण नाटक रोकिएको विषयले थप चर्चा पाएको छ।

यद्यपि नाटक बन्द हुनुको वास्तविक कारणबारे निर्माण टिमभित्रै फरक–फरक दाबी देखिएका छन्। निर्माण पक्षका एक सदस्यका अनुसार नाटकमा समावेश केही दृश्य तथा संवाद अत्यधिक अश्लील भएको भन्दै आन्तरिक विवाद उत्पन्न भएपछि मञ्चन रोकिएको हो।

ती सदस्यले नाटकमा इम्प्रोभाइज गर्दै नयाँ–नयाँ दृश्य थपिँदै गएको र केही दृश्यहरू अपाच्य प्रकृतिका बनेको दाबी गरेका छन्। उनका अनुसार बलात्कारसँग सम्बन्धित विवादास्पद दृश्य र अपाच्य संवादका कारण टिमभित्र असहमति बढेको थियो।

यस विषयमा एक थिएटर नेपालका सञ्चालक अनिल सुब्बाले भने, नाटक नियमित रूपमा इम्प्रोभाइज हुँदै जाँदा नयाँ दृश्यहरू थपिन सक्ने भए पनि अन्तत: विवाद बढेको बुझिएको बताएका छन्।

निर्देशक सहलेस भने हाल सम्पर्कमा छैनन् र उनी यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ।

हालसम्म कुनै आधिकारिक निकायले नाटक बन्द गर्न आदेश दिएको पुष्टि भएको छैन।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीको जलेश्वरमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ साहुजी ...

ईयूको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहसँग भेट्ने

काठमाडौं । उच्चस्तरीय भ्रमणका लागि नेपाल आएको युरोपेली संघ (ईयू) को प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेट गर्ने भएको छ। ...

‘लुसिफर राइजिङ’ नाटक अनिश्चितकालका लागि रोकियो, राजनीतिक दबाब वा अत्याधिक अश्लीलता ?

काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...

सेती खोँचबाट निकालियो भारतीय युवकको शव

लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...

उदयपुरमा विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...

दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...

दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन पेश, राज्यविरुद्धको कसुरमा अभियोग सिफारिस

काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...

भारतमा पुन: इन्धन मूल्य वृद्धि

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...

विगतका सरकारका कारण आधारभूत आवश्यकतामै बहस गर्नुपरेको छ - सभामुख अर्याल

काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending