Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

नेपाली सेनाका अधिकृतहरूबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको अवलोकन भ्रमण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रियाका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालले नेपाली सेनासँग आपसी समन्वय र सहकार्यकासाथ कार्यसम्पादन गर्दै आईरहेको बताउँदै यस प्रकारको समन्वय र अन्तरक्रियाले सुरक्षा संगठनहरुबीचको आपसी सहयोग र सहकार्य थप प्रभावकारी भई देश र जनताको सुरक्षामा थप प्रेरित भएर लाग्न हौसला मिल्ने उल्लेख गरे । 

अवलोकन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले प्रधान कार्यालयमा अवस्थित बोर्डर रिसोर्स एण्ड रिचार्च सेन्टरले सम्पादन गर्दै आईरहेको कामकारवाही सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । 

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र नेपाली सेनाका उपरथी सागर बहादुर थापाले संगठनको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका थिए । 

कार्यक्रममा महासेनानी हरि विश्वकर्माले अवलोकन भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । अवलोकन भ्रमणमा नेपाली सेनाका ३५ जना प्रशिक्षार्थी तथा ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending