Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

नेपाली सेनाका अधिकृतहरूबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको अवलोकन भ्रमण

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रियाका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालले नेपाली सेनासँग आपसी समन्वय र सहकार्यकासाथ कार्यसम्पादन गर्दै आईरहेको बताउँदै यस प्रकारको समन्वय र अन्तरक्रियाले सुरक्षा संगठनहरुबीचको आपसी सहयोग र सहकार्य थप प्रभावकारी भई देश र जनताको सुरक्षामा थप प्रेरित भएर लाग्न हौसला मिल्ने उल्लेख गरे । 

अवलोकन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले प्रधान कार्यालयमा अवस्थित बोर्डर रिसोर्स एण्ड रिचार्च सेन्टरले सम्पादन गर्दै आईरहेको कामकारवाही सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । 

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र नेपाली सेनाका उपरथी सागर बहादुर थापाले संगठनको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका थिए । 

कार्यक्रममा महासेनानी हरि विश्वकर्माले अवलोकन भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । अवलोकन भ्रमणमा नेपाली सेनाका ३५ जना प्रशिक्षार्थी तथा ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: