Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

भरतपुर अस्पतालमा रेविजविरुद्ध लगाइने खोपको चरम अभाव

खबरडबली संवाददाता

चितवन । भरतपुर अस्पतालमा अस्पतालमा रेविज विरुद्धको खोपको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । भरतपुर महानगरपालिका–१२ थानीचोकका विनोद लामा आज ११ वर्षीय छोरीलाई कुकुरले टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आए । 

अस्पतालमा आउँदा अस्पतालका कर्मचारीहरुले अस्पतालमा खोपको अभाव भएको जानकारी गराएपछि निरास हुँदै उनि छोरीलाई लिएर बाहिर निस्कए । उनले भने, “अस्पतालमा खोप छैन भन्ने कस्तो कुरा । यहाँ नभए कहाँ पाउँछ ।” उनले भने, “बाहिरबाट किनेर ल्याउनु भन्छन् । किन्दा महँगो पर्छ रे । पाउने ठाउँ पनि थाहा छैन ।”

आफन्तको घरमा निम्ता मान्न धादिङ जाँदा भरतपुरकै सञ्जय गुरुङलाई कुकुरले टोक्यो । उनले त्यही एक मात्रा (डोज) खोप लगाए । घरमा आएपछि अर्को डोज लगाउन  भरतपुर अस्पतालको खोप केन्द्रमा पहिले डोज लगाएको प्रमाण पुर्जा देखाउँदै गर्दा उनले खोप लगाउन पाएनन् । उनलाई अस्पतालका कर्मचारीले खोप छैन भन्दा पत्यार लागेन ।  उनिसँगै आएका अन्य बिरामीले  भनेपछि बल्ल विश्वास गरे । उनले भने, “सरकारी अस्पतालमा नपाउने खोप कस्तो खोप हो । हामीले कहाँबाट ल्याउने ।”

भरतपुर –६ का भरत गुरुङ पनि कुकुर टोकेर रेविज विरुद्धको खोप लगाउन अस्पताल आउँदा बाहिरबाट खोप किनेर ल्याउनुपरेको बताउँछन् । उनले भने, “एक भाइलमा दुई डोज हुन्छ रे । हामी दुई जना बिरामी मिलेर किनेर लगाउन थालेका हौँ ।” एक भाइललाई बाहिर किन्दा रु छ सय २५ तिर्नुपर्ने तर अस्पतालमा तीन डोज लगाउँदा मात्र रु तीन सय पर्ने गरेको जनाउँदै उनले रेविज विरुद्धको खोप अभावले सेवाग्राही महँगोमा परेको बताउँछन् । 

यी त भरतपुर अस्पतालमा रेविज विरुद्धको खोप लगाउन आउने सेवा ग्राहीको गुनासोका प्रतिनिधि पात्र मात्रै हुन । यस्तै गुनासो लिएर गत चैत २० गतेदेखि अस्पतालबाट बाहिरने बिरामीको सङ्ख्या उत्तिकै छ । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी रेविजको खोप लगाउन अस्पताल आउने गर्दछन् । 

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापाकोटाका अनुसार अहिले अस्पतालमा रेविजको खोप चरम अभाव भएको छ । उनले भने, “अभाव चैत २० गतेदेखि सुरु भएको हो । शुक्रबारबाट त व्यवस्थापन गर्नै सकिएन । हामी शून्य मौज्जाद (स्टक)मा छौँ ।”  अस्पतालले बारम्बार प्रदेश र सङ्घीय मन्त्रालयका आपूर्ति व्यवस्थापन शाखामा पत्राचार गर्दा प्रयाप्त मात्रामा खोप पाउन नसकेको उनले गुनासो गरे । 

पहिला दैनिक ६० देखि ७० भाइल खोपले प्रयाप्त हुनेमा अहिले बिरामीको चाप बढेसँगै खोपको अभाव भएको हो । उनिका अनुसार यहाँ अहिले चितवनसहित, नवलपुर, धादिङ गोरखा, तनहुँ, मकवानपुरसहितका छिमेकी जिल्लाबाट खोप लगाउन बिरामी आउने गरेका छन् । अस्पतालले आपूर्ति शाखामा पत्राचार गर्दा खोप आउन अझै दुई साता लाग्ने जानकारी पाएको प्रवक्ता सापकोटाले बताए । उनले भने, ”बिरामीलाई हामिले दिने जवाफ केही छैन ।”

अस्पतालका स्टोर शाखा प्रमुख प्रदीप अधिकारीले केही समय आफूहरुले मागेकोभन्दा कम मात्रामा खोप पाएको भए पनि अहिले पाउन कठिन हुँदा बिरामीलाई बाहिर किन्न लगाउनुपरेको बताए । उनले भने, “हामीले एक हजार भाइल माग गरेर प्रदेश पठाउँदा प्रदेशबाट जम्मा ८० भाइल पायौँ । यस्तै सङ्घमा पनि पठाउँदा दुई सय ५० भाइल मात्रै पठायो ।” यी खोपले दुई दिन चलाउन कठिन भएको उनको गुनासो थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: