बिराटनगर । अमेरिकामा स्थापना भएको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ ।
फाउन्डेसनले नवनिर्मित पथरी शनिश्चरे स्वास्थ्यचौकीसहित नगरपालिकालाई एम्बुलेन्स र झापाको दमक नगरपालिकालाई अर्को एम्बुलेन्स उपलब्ध गराएको छ ।
नेपाली संस्कृति जोगाउन सधैं एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले भने -'हाम्रो पहिचान सधैं हाम्रो भाषा, संस्कृति र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने हो । साथै, हाम्रा विविध कार्यहरूको फलस्वरूप स्वास्थ्य चौकी स्थापना र उद्घाटन गर्न र एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा हामी हर्षित छौँ ।'
उनका अनुसार त्यहाँ बसोबास गर्ने जनताको स्वास्थ्य सुधारमा पनि आफ्नो महत्त्वपूर्ण भूमिका खेल्दै नगरपालिकालाई सहयोग गर्ने अवसर पाउँदा अत्यन्तै खुसी भएका बताउदैं स्वास्थ्य चौकीमा आवश्यक डाक्टर र तथा नर्स सहित प्राथमिक उपचारका औषधिहरु पनि उपलब्ध गराईने छ । उनले यस फाउन्डेसनको मुख्य लक्ष्य हरेक नेपालीलाई सहयोग गर्ने रहेको बताए ।
आफू भुटानी शरणार्थी हुँदा र त्यस समयमा पाएको दुस्ख र संघर्षलाई पनि सम्झिए, सानो कुराकालागी गर्नुपरेको संघर्ष अब आएर कसैले गर्नु नपरोस, उनको भनाई थियो । कार्यक्रममा कोशी प्रदेशको मुख्य मन्त्री केदार कार्कीले इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको कामलाई प्रसंसा गरेका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका संयुक्त राज्य अमेरिका र नेपाल दुबैमा दर्ता भएको संस्था हो ।
फाउन्डेसनले विश्वभर नेपाली संस्कृतिको प्रवद्र्धन गर्छ । यस फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वभर विभिन्न सेवामुलक तथा प्रचारात्मक तथा नेपालि पहिचानलाई उजागर गर्ने तवरका कार्यक्रमहरूको साथ प्रवर्द्धन गर्दछ ।
यसबाहेक, इन्ट्राले बालबालिका, वृद्धवृद्धा, विभिन्न अपाङ्गता भएका व्यक्तिहरू र अन्य सीमान्तकृत समूहहरूलाई आफ्ना विभिन्न परियोजनाहरूको मुख्य लक्ष्यको रूपमा मद्दत गर्दछ । संस्थाले नेपालभर रहेका विभिन्न शरणार्थी शिविरहरूलाई मद्दत गर्न र शिविरका बासिन्दाहरूको जीवनस्तर उकास्न काम गरिरहेको छ ।
फाउन्डेसनले ज्येष्ठ नागरिकको जीवनस्तर, शिक्षा, स्वच्छ खानेपानी र खेलकुद जस्ता क्षेत्रमा शिविरहरूलाई सहयोग गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: