Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विश्व कलेजो दिवस: कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्याँन

खबरडबली संवाददाता

काठमाडौं । आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । 

यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ । अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ । 

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले भने, “कलेजोले शरीरमा  महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई चाहिने विभिन्न तत्व निर्माण गर्दछ । नचाहिने विकार तत्वलाई शुद्धिकरण गर्दछ । खानपान र रहनसहन नै कलेजो स्वस्थ राख्ने महत्वपूर्ण कुरा हुन् ।”

उनका अनुसार धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा कलेजोमा बोसोको मात्रा जम्न दिँदैन । कलेजोमा बोसो जम्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या देखिएकामा  रक्सीको अधिक सेवन प्रमुख कारण रहेको छ । त्यसैगरी हेपटाइटिस ‘बी’,‘सी’को सङ्क्रमण, आनुवंशिक कारण पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ । 

“रक्सीजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । लिभर रक्सीजन्य पदार्थमा सिमितता वा सकेसम्म प्रयोग नगरेकै राम्रो हुन्छ”, डा शर्माले भने, “बच्चालाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । आनुवंशिक कारणले निम्तिने समस्या पनि छ । परिवारमा कोही सदस्यलाई समस्या छ भने अरुले एकपटक जाँच गर्नुपर्छ ।”

वर्षमा एक पटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी) गराउन चिकित्सकको सुझाव छ । यो सुविधा हरेक सरकारी तथा निजी प्रयोगशालामा सर्वसुलभरुपमा उपलब्ध छ । नेशनल हेल्थ सर्भिस (एनएचएस), युकेका अनुसार कलेजोमा समस्या आयो भने खाना रुचि नहुने, वाकवाकी लाग्ने, जीउमा कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखिन सक्ने हुन्छ । 

डा शर्माले समस्या बढ्दै जाँदा जन्डिसको लक्षणजस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने, छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भयो भने ‘क्रोनिक लिभर डिजिज’ हुन सक्ने बताउँछन् । उनि भन्छन्, “यसले गर्दा पेटमा पानी आउने, पेटको अमाशयमा नशा फुल्ने, नशा फुटने, रगत उल्टी हुने, रगत दिसा जाने, छालामा विभिन्न प्रकारका दाग जस्तो लक्षण देखिन थाल्छन् ।”

उनले कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले सुगर तथा कोलेस्ट्रोलका बिरामीले नियमित जाँच गराइराख्नु पर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending