हुम्ला । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयतादेखि सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष तीन सय २८ जनाले पास लिएका छन् भने आठ सय ७८ जनाले पास नवीकरण गरेका छन् ।
जिल्ला प्रशासन हुम्लाले ताक्लाकोटमा व्यापार, व्यवसाय र रोजगारका लागि जाने जिल्लाका नागरिकलाई एक वर्षका लागि पास उपलब्ध गराउँदै आएको छ । गत वर्ष वैशाख १८ गतेदेखि हिल्सानाका चीनले दुईतर्फी खुला गरेपछि जिल्ला प्रशासनमा सीमा पास बनाउन आउने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताए ।
फागुनमा दैनिक पाँचदेखि १० जनासम्म सीमा पासका लागि आउने गरेको भए पनि चैतको दोस्रो सातादेखि सेवाग्राही नागरिकको सङ्ख्या बढ्दै गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । पछिल्लो समय औसतमा ३० देखि ४० जनालाई उक्त पास प्रदान गरिँदै आइएको पोखरेलले जानकारी दिए ।
सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको उनको भनाइ छ । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाका नागरिकसमेत सीमा पास बनाउन आएका प्रजिअ पोखरेलले बताए ।
हुम्लावासीको मुख्य व्यापार व्यवसाय र रोजगारीको गन्तव्य ताक्लाकोट रहँदै आएको छ । ताक्लाकोटमा नेपालबाट निकासी भएर गएको फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायतका सामान व्यापार हुनेगर्छ भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री नेपालमा आयात हुने गर्छ ।
केही दिनअघि मात्रै उत्तरी नाम्खा र सिमकोट गाउँपालिका–७ डाडाँफया र वडा नं ८ स्याडाका युवा रोजगारीका लागि चीनको ताक्लाकोट पुगिसकेको जानकारी आएको उनको भनाइ छ । नारा र न्यालु लेकको हिउँ केही दिनमा पन्छाएसँगै उत्तरी भेगका युवा रोजगारीका लागि ताक्लाकोट पुगिसकेको स्थानीयले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: