Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

कोशी प्रदेशसभामा बैठक सुरु: सत्ता पक्षमा २४ र बिपक्षका ५२ जना सांसद

खबरडबली संवाददाता

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो । 

संकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए । उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

प्रदेशसभाको बैठकमा सत्ता पक्षमा भन्दा बिपक्षमा बस्ने साम्सदको संख्या दोब्बरभन्दा बढी छ । प्रदेशसभामा एमालेका ३९, माओवादीका १३, राप्रपाका ५ र जसपाको १ गरि ५८ सांसद विपक्षी बेञ्चमा बसेका छन् । आजको बैठक सुरु हुँदा बिपक्षका ६ साम्सद भने अनुपस्थित छन् ।

९३ सदस्यीय प्रदेशसभामा काँग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी)का ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेञ्चमा बसेका छन् ।

प्रदेशसभाको आजको बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् । बिपक्षमा भने ५२ जनाको उपस्थिति छ । प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ६ सांसद अनुपस्थित छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्री जम्कट्...

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !

रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी  देख...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखदः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिस...

श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसर...

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपाल...

रसुवामा सम्बन्धविच्छेद घटना बढे, नौ महिनामा ८१ वटा मुद्दा

रसुवा ।  गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा  रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्...

पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा

काठमाडाैं । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ । एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्ना...

गोदावरीको जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका पहरीको पनि मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एकजनाको पनि मृत्यु भएको छ । आगो निभाउ...

मन्दीकाे वाहनामा जोखिममा जीउदै श्रमिकहरु

काठमाडाैं । पछिल्लाे समय आर्थिक मन्दीकाे बाहनामा सबैभन्दा ठूलो मर्का दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेलाई परेको छ । दैनिक ज्यालादारीमा कामगर्ने...

श्रम अधिकार कानुनमा छ, व्यवहारमा छैन

काठमाडौं  । ‘मर्यादित काम, श्रमिकको सम्मान’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालभर १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । औपचारिक तथा अनौपचारिक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies