Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सिन्धुपाल्चाेककाे तातोपानी नाकाबारे सर्वपक्षीय छलफल

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा आज तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ ।

सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्वबजेट छलफल तथा वर्षात्को समय सुरु हुन लागेकाले छलफल राखिएको उनले जानकारी दिए । 

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताए । 

चीनले नेपालले तयार गरेको डिपिआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उनको भनाइ छ । सडक स्तरोन्नति, नाकामा अध्यागमनसहितको एकीकृत भवन, नेपालतर्फ स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकारी दिए । 

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उनले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सञ्चालन गर्ने साधन तयारी अवस्थामा राख्न निर्देश गरे । सांसद सापकोटाले सडक विभागका अधिकारीलाई तत्कालीन र दीर्घकालीन  प्राथमिकताअनुसार काम गर्न सुझाव दिए । 

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताए । अर्बौंको राजस्व उठाउने तातोपानी नाकालाई राज्यले गाईको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गरे । उनले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे । 

अध्यक्ष शेर्पाले राजस्व उठेअनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनुपर्ने माग गरे । उनले भन्सार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अप्ठ्यारो अवस्था रहेको बताए । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भए पनि धेरै काम हुन बाँकी रहेको बताए । 

बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको बताउँदै आचार्यले सङ्घीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । छलफल आयोजनाका लागि सांसद सापकोटालाई धन्यवाद दिँदै उनले नेपालका गाडी लिएर चीनतर्फ जाने विषयमा छलफलको पहल गरिदिन र निकट भविश्यमा हुने नेपाल–चीन उच्चस्तरीय छलफलमा नाकासँग जोडिएका विषय उठाइदिन आग्रह गरे । 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले सीमाक्षेत्रको सुरक्षा संवेदनशीलतालाई विशेष ख्याल गरेको जानकारी दिँदै राजस्व चुहावट र अवैध सामान नियन्त्रणका सम्बन्धमा सुरक्षा सजकता अपनाइएको बताए । नेपाली पक्षबाट हुने सानो गल्तीले नकारात्मक सन्देश प्रवाह हुने भएकाले प्रविधिमा भएको उच्चस्तरको विकासलाई सुरक्षा क्षेत्रमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । 

जिल्लाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश्वर पोखरेलले जनशक्ति र स्रोतसाधनको अभावकाबीच नाकाक्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिए । भोटेकोसी गाउँपालिकामा नौ वटा सीमा पिल्लर रहेकामा बोक्चेन क्षेत्रमा ५४ दशमलव २ नं को पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोसी बाढीले बगाएको ५४ दशमलव ३ नं को सीमा पिल्लर राख्नुपर्ने आवश्यकता औँल्याए । 

अनुसन्धानका प्रमुख राजन प्रजापतिले भू–राजनीतिक हिसाबले महत्वपूर्ण नाकाबारे विशेष ख्याल गरिएको बताए । तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्यअनुसार रु आठ अर्ब राजस्व उठिसकेको जानकारी दिँदै यस वर्ष रु १२ अर्ब राजस्व उठ्ने विश्वास व्यक्त गरे । 

नाका सञ्चालन भएपछि व्यापार, राजस्व, मानिसको आवतजावत बढिरहेको केसीले बताए । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाइ छ । उनले भन्सार पुरानै लयमा फर्किए पनि सडक र पूर्वाधारका कारण चुनौती कायम रहेको बताए । 

विगत १९ महिनायता भन्सार प्रमुख रहेका केसीले तातोपानी नाका भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको सङ्ख्या बढिरहँदा नेपालमा झमेला रहेनछ भन्ने सन्देश दिन नहुने भन्सार प्रमुख केसीले बताए । तातोपानी नाका उज्ज्वल भविष्य भएको नाका रहे पनि अहिले आउनेहरुले ०७२ अघिभन्दा पनि कमजोर अवस्थाको बाटो देखेर दिक्क मान्ने गरेको केसीले सुनाए । 

कृषि मन्त्रालयअन्तर्गत प्लान्ट, पशु र खाद्य गरी तीन क्वारेन्टाइन हेरिरहेका कौशल ओझा, विकास धौभन्जर र कल्पना पाण्डेले सहजरुपमा काम भइरहेको बताए । डिभिजन सडक कार्यालय चरीकोटका इञ्जिनियर सुरज महर्जनले अरनिको राजमार्गको बाह्रबीसेदेखि कोदारी क्षेत्रको स्तरोन्नतिका लागि रु चार अर्ब खर्च लाग्ने देखिएको जानकारी दिँदै यसका लागि बजेट सुनिश्चित हुन नसकेको बताए । 

उनले यस वर्ष बजेट अभावका कारण बिग्रेको बाटो पन्छ्याउने बाहेकका काम गर्न सकिने अवस्था नरहेको बताए । उनले अलिअलि भएको बजेटले टालटुलको काम मात्रै भइरहेको जानकारी दिए । अध्यागमन अधिकृत दीपेन्द्र पौडेलले तातोपानी अध्यागमन कार्यालयसमेत नभएर अप्ठ्यारो झेलिरहनु परेको गुनासो गरे । 

सरदरमा दैनिक सय जना चिनियाँ पर्यटकले तातोपानी नाका भएर आवतजावत गर्ने गरेको जानकारी दिँदै उनले नेपाललाई देख्ने पहिलो मुहार अध्यागमन कार्यालय नै नाजुक अवस्थामा रहेकाले भौतिक अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गरे । 

उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुभाजुले भन्सार कार्यालयले व्यापारीलाई गरिरहेको सहजीकरणप्रति धन्यवाद ज्ञापन गर्दै नाका खुलेको आठ महिनामा पलाएको आशा कायम रहने वातावरण बन्ने विश्वास व्यक्त गरे । राजनीतिक दलकातर्फबाट भीम पराजुलीले नाकालाई  व्यापार र पर्यटन दुवै क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बाह्रबीसे माथिको सडकको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने बताए । 

भोटेकोसी गाउँपालिका–३ का अध्यक्ष निमा सोनामा शेर्पाले खुर्सानीबारीदेखि नाकासम्म पुग्ने सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । उनले पार्किङ व्यवस्थापनमा पनि काम गर्न आवश्यक रहेको बताए । छलफल पछि सांसद सापकोटासहितको टोलीले लिपिङ हुँदै मितेरी पुल तरेर चिनियाँ भूभागसम्म पुगेर स्थलगत जानकारी लिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: