एजेन्सी । मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ ।
आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । प्रत्यक्षर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरु भुइँमा लडिरहेको देखाएका थिए ।
यसैगरी धेरै मानिसहरू आतङ्कित भएर वरिपरि दौडिदै चिच्याइरहेका छन् र शवको व्यवस्थापन गर्न लागिरहेका देखिन्छन् । सिएनएनसँग कुरा गर्दै शिविरमा बस्ने ओवेदातल्लाहले आफ्नो शिविरबाट ३०–४० मिटर टाढा विस्फोट भएको बताउदै आक्रमणपछि भुइँमा फ्याँकिएको शव फेला पारको तथा मानिसहरू चिच्याइरहेका बताए ।
अल–अक्सा शहीद अस्पतालबाट सिएनएनबाट खिचिएको फुटेजमा आकस्मिक कक्ष हताहत र घाइते व्यक्तिहरूलले भरिएको देखिन्छ । सिएनएनको रिपोर्टअनुसार परिवारका सदस्यहरू आफ्ना प्रियजनको शव नजिक जम्मा भइरहेका थिए, तिनीहरूलाई समातेर रोइरहेका थिए । अस्पतालको भिडियोमा परिवारहरूले आफ्ना प्रियजनहरू पहिचान गर्ने प्रयास गरिरहेको देखिन्छ ।
“कसैसँग कुनै सम्बन्ध छैन, उनीहरू नागरिक हुन् कृपा गर तिमीहरूले बच्चाहरूलाई मार्दैछौ, सेना वा लडाकुलाई नभई सडकमा शान्तिपूर्वक खेलिरहेका बालबालिकाहरूलाई मार्दैछौ ।” अर्का प्रत्यक्षदर्शीले भने ।
अस्पताल बाहिर, मानिसहरू प्रियजन गुमाएको पीडा सहन नसकी कराउँदै दुखकासाथ दर्जनौँ मानिसहरूले मृतकलाई गाड्नु अघि आँगनमा प्रार्थना गरेका थिए । इजरायल र हमासबीच अक्टोबरमा युद्ध सुरु भएदेखि गाजामा दश हजार भन्दा बढी महिला मारिएको मङ्लबार प्रकाशित युएन वुमनको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा युद्धको छ महिनामा गाजामा दश हजार प्यालेस्टिनी महिलाहरू मारिएका मध्ये अनुमानित छ हजार आमाहरू मारिदा १९ हजार बालबालिका अनाथ भएको सिएनएनले जनाएको छ ।
प्रतिवेदनका अनुसार द्वन्द्वका कारण गाजा पट्टीमा दस लाख भन्दा बढी प्यालेस्टिनी महिला तथा बालबालिका खाना, पिउने पानी नभएका कारण ‘विनाशकारी भोकमरी’ को सामना गरिरहेका छन्, जसले उनीहरुको जीवनलाई थप जोखिममा पार्ने खतरा सिर्जना गरेको छ ।
उनीहरूले शौचालयको पहुँचसमेत पाएका छैनन् । गाँजामा पछिल्लो समयमा प्रत्येक दस मिनेटमा एक बच्चा घाइते वा मृत्यु हुन्छ । यसैबीच इजरायली रक्षा बलले गाजामा नागरिकहरूको क्षति कम गर्ने प्रयास गरिरहेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: