एजेन्सी । आशन्न लोकसभा निर्वाचनको तयारीका क्रममा राम नवमीका अवसर पारेर आम आद्मी पार्टीले ‘आपका रामराज्य’ नामक वेभसाइटको शुभारम्भ गरेको छ ।
भगवान रामको रामराज्यको प्रेरणाबाट भारतको दिल्ली र पञ्जाबमा राम्रो काम भएको प्रदर्शन गर्ने ध्येयले सञ्चालनमा ल्याइएको वेभसाइट शुभारम्भका लागि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका वरिष्ठ नेता सञ्जय सिंह, अतिषी, सौरभ भारद्वाज र जस्मिन शाहले सम्बोधन गरेका थिए ।
सांसद सञ्जय सिंहले आफ्नो पार्टीको सरकारले गत दसय वर्षमा रामराज्य महसुुस हुने गरी काम गरेको जिकिर गर्दै यी उदाहरणलाई विश्वमाझ प्रस्तुत गरिएको बताए । सो पार्टीले जनमतका आधारमा अरविन्द केजरीवालको नेतृत्वमा दिल्ली र भगवन्त मानको नेतृत्वमा पञ्जाबमा सरकार सञ्चालन गरिरहेको छ ।
“दिल्ली एकमात्र त्यस्तो राज्य हो, जहाँ धेरै काम हुँदा हुँदै पनि नाफामूलक बजेट कार्यान्वयनमा रहेको छ । यसबाट हामी हाम्रो राम राज्यको सोचलाई कार्यान्वयन तहमा पूरा गराउन प्रतिबद्ध छौँ देखिएको छ ।’’, नेता सिंहले भने, “जसले हाम्रो राम राज्य हेर्न चाहन्छन् । उनीहरुले यो वेभसाइट हेर्नैपर्छ । दिल्ली र पञ्जाबमा हामीले के गर्यौँ भन्ने सबै कुरा यहाँबाट पाउन सकिन्छ ।’’
सो पार्टीका नेता अतिषीले भगवान रामले राम राज्यका लागि धेरै सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै केजरीवालले जनतामाझ आफ्ना प्रतिबद्धता पूरा गर्न पनि दिल्ली र पञ्जाबमा त्यस्तै सङ्घर्ष गर्नुपरेको बताए । उनले भने, “भगवान रामले १४ वर्षको निर्वासित जीवन बिताउनुभयो तर उहाँले आफ्नो सत्यको सङ्कल्प तोड्नु भएन । केजरीवाल त्यस्तै सङ्घर्षको चरणबाट अघि बढ्नुभएको छ । यस वेभसाइटबाट हामी देशका जनतालाई यदि सही ठाउँमा जनताले मत दिएमा जीवनस्तर परिवर्तनका लागि हामी के गछौँ भनेर देखाउन खोजेका छौँ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: