Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया विराटनगरमा सम्पन्न

खबरडबली संवाददाता

सुनसरी । कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको थियो । 

बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।

अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए । अन्तक्रिया कार्यक्रम पश्चात् गायक सुमित खड्का, गायिका गंगा गौतम, अन्जु गौतमले आफ्नो लोकप्रिय गायन प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा वक्ताको रुपमा रहेका गायक तथा कलाकार लुइँटेलले चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश, मोरङ शाखा र सुनसरी शाखाका चलचित्र पत्रकारहरू माझ पछिल्लो समय उनको लोकप्रिय गीत ‘गार्हो छ हौ मलाइ’ प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विराटनगरको ताण्डव रेस्ट्रो एण्ड बारमा आयोजना भएको कार्यक्रमलाई वाइवाई नुडल्सले ब्राण्डिङमा सहयोग गरेको थियो । यस्तै कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, सुगुप, पुजार सार्की, अञ्जीला, घरज्वाई, रिजन होटल एण्ड म्युजिक क्याफे, सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, राष्ट्रिय पोशाक घर, हिमालय टाकिज बिराटनगर, सेन्ट्रल मल्टिप्लेक्स, सिटि सिनेमा, सिने द्वार, क्विएफएक्स बिराटनगर रहेको थियो ।

आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना भएकोमा राम्रो कार्यको थालनी भन्दै उपस्थित फिल्मकर्मीहरुको भनाई थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending