Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

खबरडबली संवाददाता

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । 

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, “दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।” हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो । 

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, “हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।” धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थीहरू सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् ।

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटनाहरू सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending