सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ सिपालीका एक बालकलाई साङ्गलोले बाँधेर राखिएको छ । नौ वर्षीय संजिव घलानलाई चार वर्षदेखि फलामको साङ्गलाले बाँधेर राखिएको हो ।
घर छोडेर जतासुकै हिड्ने र जे भेट्यो त्यही खाने गर्न थालेपछि साङ्गलोले बाँधेर राखिएको बालकका बुबा तेजबहादुर घलानले बताए । मजदुरी गरेर गुजार चलाउनु पर्ने भएका कारण। छोरालाई हेरचाह गरेर बसिरहने फुर्सदै नमिलेकै कारण पनि बाँधेर राख्न बाध्य भएको उनको भनाइ छ ।
बालापनको यो उमेरमा संजिवले आफ्नो घरभित्रै कैदी जीवन विताउन बाध्य छन् । आर्थिक अवस्था ज्यादै कमजोर भएकाले बिरामी छोरालाई अभिभावकले उनको उपचारगर्न सकेका छैनन् । संजित तेजबहादुरको जेठी श्रिमती पटीको छोरो हुन् । कान्छी श्रीमती पटी एउटा छोरो र तीन छोरीहरु रहेका छन् । संजिवलाई जन्म दिने आमाले छोडेर गएपछि हेरचाह गर्नेको अभाव भएके छ । बालकले खानेकुरा मागिरहने भए पनि आफु काममा निस्कनु पर्दा दिइरहने फुर्सदै नै नमिल्ने बाबु तेजबहादुरले बताए ।
संजिव शारीरिक, मानसिक र संवेगात्मक तवरले अस्वस्थ हुनुहुन्छ । ज्याला, मजदुरी गरेर बुबाआमा घर फर्किदा दिसापिसाबमा डुबेर बसेका हुन्छन् । पैसा नभएर उपचारको लागि राम्रो अस्पताल लैजान नसकेको बुबा तेजबहादुरको दुखेको छ । “छोरा स्वस्थ बनाउन धामीझाक्री पनि लगाएँ । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,” उनले भने, “अहिले झन रोगी बन्दै गएको छ ।”
दिनभर फलामे साङ्लोले सधैँजसो घर आगाडि बाँधेर राखेको अत्यन्त विजोग र पीडादायी दृष्य देखिने स्थानीय अनिल दाहालले बताए । उनले भने, “बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठीक हुन सक्छन् । बालकलाई अहिलेको नरकीय अवस्थाबाट उद्धार गर्न आवश्यक छ ।”
वडा अध्यक्ष लालबहादुर स्याङ्गतानले बालकको उपचार तथा उद्धार गरिदिन आग्रह गरे । उनको उद्धारका लागि कहाँ र कसरी के गर्ने विषयमा अलमलमा भएपनि अबका दिनमा सरकारी तथा गैरसकारी संस्थाहरुलाई सहयोग गर्नकालागि अनुरोध गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: