सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–३ सिपालीका एक बालकलाई साङ्गलोले बाँधेर राखिएको छ । नौ वर्षीय संजिव घलानलाई चार वर्षदेखि फलामको साङ्गलाले बाँधेर राखिएको हो ।
घर छोडेर जतासुकै हिड्ने र जे भेट्यो त्यही खाने गर्न थालेपछि साङ्गलोले बाँधेर राखिएको बालकका बुबा तेजबहादुर घलानले बताए । मजदुरी गरेर गुजार चलाउनु पर्ने भएका कारण। छोरालाई हेरचाह गरेर बसिरहने फुर्सदै नमिलेकै कारण पनि बाँधेर राख्न बाध्य भएको उनको भनाइ छ ।
बालापनको यो उमेरमा संजिवले आफ्नो घरभित्रै कैदी जीवन विताउन बाध्य छन् । आर्थिक अवस्था ज्यादै कमजोर भएकाले बिरामी छोरालाई अभिभावकले उनको उपचारगर्न सकेका छैनन् । संजित तेजबहादुरको जेठी श्रिमती पटीको छोरो हुन् । कान्छी श्रीमती पटी एउटा छोरो र तीन छोरीहरु रहेका छन् । संजिवलाई जन्म दिने आमाले छोडेर गएपछि हेरचाह गर्नेको अभाव भएके छ । बालकले खानेकुरा मागिरहने भए पनि आफु काममा निस्कनु पर्दा दिइरहने फुर्सदै नै नमिल्ने बाबु तेजबहादुरले बताए ।
संजिव शारीरिक, मानसिक र संवेगात्मक तवरले अस्वस्थ हुनुहुन्छ । ज्याला, मजदुरी गरेर बुबाआमा घर फर्किदा दिसापिसाबमा डुबेर बसेका हुन्छन् । पैसा नभएर उपचारको लागि राम्रो अस्पताल लैजान नसकेको बुबा तेजबहादुरको दुखेको छ । “छोरा स्वस्थ बनाउन धामीझाक्री पनि लगाएँ । देउताले बोली रोक्यो भनेर दक्षिणकाली दर्शन गराउँदा पनि बोली फुटेन,” उनले भने, “अहिले झन रोगी बन्दै गएको छ ।”
दिनभर फलामे साङ्लोले सधैँजसो घर आगाडि बाँधेर राखेको अत्यन्त विजोग र पीडादायी दृष्य देखिने स्थानीय अनिल दाहालले बताए । उनले भने, “बालकको बेस्याहार भएको छ । राम्रो उपचार पाए ठीक हुन सक्छन् । बालकलाई अहिलेको नरकीय अवस्थाबाट उद्धार गर्न आवश्यक छ ।”
वडा अध्यक्ष लालबहादुर स्याङ्गतानले बालकको उपचार तथा उद्धार गरिदिन आग्रह गरे । उनको उद्धारका लागि कहाँ र कसरी के गर्ने विषयमा अलमलमा भएपनि अबका दिनमा सरकारी तथा गैरसकारी संस्थाहरुलाई सहयोग गर्नकालागि अनुरोध गर्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: