स्याङ्जा । स्याङ्जाको भीरकोटमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् । भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
नजिकै स्वास्थ्यचौकी भवन नहुँदा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित रहेका यहाँका स्थानीयलै गाउँमै स्वास्थ्यचौकी भवन भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासका साथ स्वास्थ्यचौकीको नाममा जग्गा दिएका वडाध्यक्ष सुवेदार कृष्णबहादुर थापाले जानकारी दिए ।
“भिरकोट– ५ को वडा कार्यालय रहेको स्थान तिलाहार नेटामा स्वास्थ्यचौकी छ”, उनले भने, “सिम्ले आसपासका नागरिकलाई स्वास्थ्यसम्बन्धी आधारभूत सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यचौकी आवश्यक थियो । जग्गा प्राप्त भएसँगै भवन निर्माण थालेका छौँ ।”
स्वास्थ्यचौकी भवन बनाउनका लागि सिम्लेका स्थानीय फूलकुमारी खाण, आनन्दकुमारी खाण, यामबहादुर खाण र बेतकुमारी खाणले निःशुल्क जग्गा दिनुभएको वडाध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यहाँका वडाबासीले गाउँमै स्वास्थ्यचौकी बनाउनुपर्छ भन्दै निःशुल्क जग्गा उपलब्ध गराएकामा उहाँले जग्गादातालाई धन्यवाद दिए ।
“बुढेशकाल लाग्यो, उमेरले ८० पुगेँ । अब उपचारका लागि टाढा जानसक्ने उपाय छैन”, जग्गादाता फूलकुमारीले भनिन्, “आफ्नो गाउँमै स्वास्थ्यचौकी भएपछि सामान्य उपचार पाइन्छ । टाढा जान पर्दैन भन्ने लागेर निःशुल्क जग्गा दिएका हौँ ।” आफ्नै परिवारभित्रका चार जना मिलेर पायक पर्ने ठाउँमा जग्गा दिएको उनले बताइन् । फूलकुमारीले भनिन्, “स्वास्थ्यचौकी भवन निर्माण भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासले स्वास्थ्यचौकीका नाममा जग्गा दिएका हौँ, वडाले पनि भवन निर्माण सुरु गरेको छ । खुसी लागेको छ ।”
स्वास्थ्यसम्बन्धी सामान्य उपचारका लागि पनि तिलाहार नेटा, बयरघारी बजार वा वालिङ बजार जानुपर्ने बाध्यता रहेकामा गाउँमै स्वास्थ्यचौकी बनेपछि सहजरुपमा सेवा पाइने स्थानीय बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - २२:१३
माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने
श्रावण २९ गते, २०८३ - २२:०५
काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...
श्रावण २९ गते, २०८३ - २१:३२
वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...
श्रावण २९ गते, २०८३ - २१:२६
चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...
श्रावण २९ गते, २०८३ - ०९:५४
विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...
श्रावण २९ गते, २०८३ - ०९:३६
बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...
श्रावण २९ गते, २०८३ - ०९:३०
बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...
श्रावण २९ गते, २०८३ - ०९:२६
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...
श्रावण २९ गते, २०८३ - ०९:२१
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...
श्रावण २९ गते, २०८३ - ०९:१५
बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...



प्रतिकृया लेख्नुहोस्: