Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

स्वास्थ्यचौकी बनाउन स्थानीयले दिए जग्गा

खबरडबली संवाददाता

स्याङ्जा । स्याङ्जाको भीरकोटमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले निःशुल्क जग्गा दिएका छन् ।  भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्यचौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

नजिकै स्वास्थ्यचौकी भवन नहुँदा आधारभूत स्वास्थ्य उपचारबाट वञ्चित रहेका यहाँका स्थानीयलै गाउँमै स्वास्थ्यचौकी भवन भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासका साथ स्वास्थ्यचौकीको नाममा जग्गा दिएका वडाध्यक्ष सुवेदार कृष्णबहादुर थापाले जानकारी दिए । 

“भिरकोट– ५ को वडा कार्यालय रहेको स्थान तिलाहार नेटामा स्वास्थ्यचौकी छ”, उनले भने, “सिम्ले आसपासका नागरिकलाई स्वास्थ्यसम्बन्धी आधारभूत सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यचौकी आवश्यक थियो । जग्गा प्राप्त भएसँगै भवन निर्माण थालेका छौँ ।” 

स्वास्थ्यचौकी भवन बनाउनका लागि सिम्लेका स्थानीय फूलकुमारी खाण, आनन्दकुमारी खाण, यामबहादुर खाण र बेतकुमारी खाणले निःशुल्क जग्गा दिनुभएको वडाध्यक्ष थापाले जानकारी दिए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यहाँका वडाबासीले गाउँमै स्वास्थ्यचौकी बनाउनुपर्छ भन्दै निःशुल्क जग्गा उपलब्ध गराएकामा उहाँले जग्गादातालाई धन्यवाद दिए ।

“बुढेशकाल लाग्यो, उमेरले ८० पुगेँ । अब उपचारका लागि टाढा जानसक्ने उपाय छैन”, जग्गादाता फूलकुमारीले भनिन्, “आफ्नो गाउँमै स्वास्थ्यचौकी भएपछि सामान्य उपचार पाइन्छ । टाढा जान पर्दैन भन्ने लागेर निःशुल्क जग्गा दिएका हौँ ।” आफ्नै परिवारभित्रका चार जना मिलेर पायक पर्ने ठाउँमा जग्गा दिएको उनले बताइन् ।  फूलकुमारीले भनिन्, “स्वास्थ्यचौकी भवन निर्माण भएपछि सहजरुपमा स्वास्थ्य सेवा पाइने विश्वासले स्वास्थ्यचौकीका नाममा जग्गा दिएका हौँ, वडाले पनि भवन निर्माण सुरु गरेको छ । खुसी लागेको छ ।”

स्वास्थ्यसम्बन्धी सामान्य उपचारका लागि पनि तिलाहार नेटा, बयरघारी बजार वा वालिङ बजार जानुपर्ने बाध्यता रहेकामा गाउँमै स्वास्थ्यचौकी बनेपछि सहजरुपमा सेवा पाइने स्थानीय बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending