काठमाडौं । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
“सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकले ललाईफकाई तथा धाँकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,” उनले भने ।
पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौं ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ । उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: