Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

खबरडबली संवाददाता

काठमाडौं । फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी जुटेका छन् । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लागेका हुन् । 

सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताए । 

उनले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताए । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उनको योजना छ ।

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लागेका उनले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिए । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु पर्‍यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भने । 

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउँछन् । उनले भने, “हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।”

भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहेकाे दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताइन् । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गरेका थिए । सगरमाथासहित सातवटा महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: