Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ: मन्त्री शर्मा

खबरडबली संवाददाता

दाङ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताएकी छिन् । नेपाल पत्रकार महासङ्घ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उनले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिइन् । 

नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताइन । सञ्चारमाध्याममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उनले जोड दिइन् । “समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरुका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ”, मन्त्री शर्माले भनिन्, “यसले प्रशासन, पत्रकारितालगायत जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।” 

सञ्चारमाध्यामले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ ।

पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्को भूमिका महत्वपूर्ण हुने उनले बताइन् । “सञ्चारमाध्यम तथा महासङ्घले गणतन्त्र स्थापनामा अहोरात्र कलम चलाउँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिचित भएका हौँ”, मन्त्री शर्माले भनिन्, “सञ्चारमाध्यमले हाम्रो सङ्घर्ष र उपलब्धिका बारेमा नयाँ पुस्तालाई बुझाउन आश्यक छ ।” 

गणतन्त्र स्थापनाका साथै मुलुकमा अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, पिछडिएको वर्ग सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउन सञ्चारमाध्यामले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन् । “अहिले गलत गर्नेहरु दण्डित भइरहेका छन्”, उनले भनिन्, “यो गणतन्त्रकै उपलब्धि हो ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहे पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । पत्रकारिता क्षेत्रलाई पुनःसंरचना गर्नु आजको आवश्यकता रहेको भन्दै उनले यसका लागि कानुन निर्माण अघि बढिरहेको जानकारी दिइन् ।

अहिलेसम्म सञ्चारमाध्यम परम्परागत कानुनहरुबाट सञ्चालन भइरहेका भन्दै मन्त्री शर्माले यसलाई पुनःसंरचना गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताइन् । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ बनाएर सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् । 

“आमसञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा छ । त्यो गठन भएपछि सञ्चारमाध्यम तथा पत्रकारको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । साथै सरकारी सञ्चारमाध्यमको पनि पुनःसंरचना हुन आवश्यक छ”, सूचना तथा सञ्चार प्रविधिमन्त्री शर्माले भनिन । 

नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको भन्दै साइबर सुरक्षा, दूरसञ्चार ऐन संशोधनका लागि अन्तिम तयारीमा रहेको मन्त्री शर्माले जानकारी दिइन् । 

आजदेखि सुरु भएको महोत्सव भोलिसम्म सञ्चालन हुनेछ । पत्रकार महासङ्घ दाङ शाखाको १२औँ अधिवेशन तथा २२औँ साधारणसभाका अवसरमा मिडिया महोत्सवको आयोजना गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending