Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

खबरडबली संवाददाता

महोत्तरी । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् । 

वासन्ती छठ षष्टि तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै  कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’  विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी  छठमा  व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अर्घ्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

आज बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी÷चेली (छोरी, दिदीबहिनी, फुपू), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसबाट सुदूरपश्चिममा मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासकोे मत लिन ओलीको अड्को

बालकोटमा पार्टीका नेताहरुलाई बोलाएर भने- विश्वासको मत दिन हतार नगर्नू

सन्दीप लामिछानेको मुद्दामा आज होला सुनुवाइ ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।  यसअघि गत आइतबार अदालतले आज पहिलो प...

बाजुराको खापरमा आगलागी, तीन घर नष्ट

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको जुकुमा स...

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहर...

जनकपुर-जयनगर-भंगाहा रेल सेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । भंगहा-जनकपुर-जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावल...

पाहुनालाई कोसेली ताराखोलाको भुटेको मकै

बागलुङ । लेकाली चोयाले बुनेको चिटिक्कको डाली। डालीभरि भुटेको सिरिम्ले मकै। मकै पनि जिल्लाको ताराखोलाका। शनिबार एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्...

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सड...

कञ्चनपुरको दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...

कक्षा ८ को नतिजा नै निराशाजनक, औसत ५० प्रतिशतभन्दा तल

काठमाडौं । कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्तांक कम्प्युटरमा प...

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, राप्रपाले पनि देला ?

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदेछन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies