काठमाडौं । अमेरिकाको मिसौरीमा बहिनी र उनका श्रीमानको हत्या गर्ने एक दोषीलाई मृत्युदण्डको सजाय दिइएको छ । उनलाई विषालु सुई लगाइएर मृत्युदण्डको सजाय दिइएको हो ।
अमेरिकी सञ्चारमाध्यम ‘फक्स २ नाउ’का अनुसार आरोपितलाई सुई लगाएपछि ११ मिनेटसम्म तड्पिरहे । त्यसपछि उनलाई मृत घोषणा गरियो। उनलाई मंगलबार साँझ ६ बजे घातक इन्जेक्सन दिइएको थियो । उनको ६:११ मा मृत्यु भयो। ५२ वर्षीय दोषी ब्रायन डोर्सीले सन् २००६ मा आफ्नी बहिनी र उनका श्रीमानको हत्या गरेका थिए ।
२३ डिसेम्बर २००६ मा दोषी ब्रायन डोर्सीले बहिनी सारासँग लागुऔषध कारोबारीहरूलाई दिनको लागि केही पैसा मागेका थिए। साराले पैसा दिन मानिनन् । यो देखेर रिसाएका ब्रायन आफ्नो घर फर्किए तर राति बहिनीको घर फर्किए । जब सारा र उनका पति बेन सुत्न जाँदै थिए, ब्रायनले उनीहरूलाई आक्रमण गरे।
दुवैलाई गोली हानिएको थियो । साराको मृत्युपछि उनको शरीरमा यौन शोषण भएको थियो । घरबाट केही बहुमूल्य सामान चोरी पनि भएको थियो । ब्रायनले लागुऔषध कारोबारीलाई पैसा तिर्न यी वस्तुहरू बेचेका थिए। घटनाको भोलिपल्ट साराका अभिभावक उनको घर पुगेका थिए । यहाँ श्रीमान श्रीमतीको शव फेला परेको थियो ।
सारा र बेनको शव पहिलो पटक साराका अभिभावकले देखेका थिए । घर पुग्दा सारा र बेनकी ४ वर्षीया छोरी घरमा टिभी हेर्दै थिइन् । उनले हजुरबा हजुरआमालाई भनिन्, “आमा उठ्नु भएको छैन।” घटनाको तीन दिन पछि अर्थात् २६ डिसेम्बर २००६ मा, ब्रायनले प्रहरीसमक्ष आत्मसमर्पण गरे। उनलाई २८ अगस्ट २००८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २७ गते, २०८३ - १०:३०
'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'
आषाढ़ २७ गते, २०८३ - १०:१६
बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो
आषाढ़ २७ गते, २०८३ - १०:१५
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...
आषाढ़ २७ गते, २०८३ - ०९:५८
दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...
आषाढ़ २७ गते, २०८३ - ०९:२१
सङ्खुवासभा । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...
आषाढ़ २७ गते, २०८३ - ०९:१८
सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...
आषाढ़ २७ गते, २०८३ - ०९:१०
त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...
आषाढ़ २७ गते, २०८३ - ०९:०७
काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...
आषाढ़ २७ गते, २०८३ - ०८:५५
काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...
आषाढ़ २७ गते, २०८३ - ०८:४४
काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...



प्रतिकृया लेख्नुहोस्: