काठमाडौं । अघिल्लो वर्ष झैँ यो वर्ष पनि वैशाख १ नेपाली फिल्मका लागि सुखद देखिएको छ । प्रदर्शन भइरहेका नेपाली फिल्म लगभग ‘हाउसफुल’ भए । नेपाली फिल्मलाई दर्शकको राम्रो साथ दिए । काठमाडौँ उपत्यकासँगै देशभरका अधिकाँस मल्टिप्लेक्समा नेपाली फिल्मको टिकेट उपलब्ध भएन । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ मा दर्शक भरिभराउ देखिए ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्राप्त शोमा शत प्रतिशत अकुपेन्सी देखियो । टिकेट नपाएको भन्दै दर्शकहरू फर्किएका थिए । हलमा पुगेर टिकेट नपाएको विभिन्न संदेशहरू सामाजिक सञ्जालमार्फत प्राप्त भएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए ।
‘नयाँ वर्षमा महाजात्रालाई उपलब्ध सम्पूर्ण शो हाउसफुल भयो । हाम्रो फिल्मलाई चौथो सातासम्म दिनुभएको मायालाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । दर्शक, प्रदर्शक, वितरक सबैलाई यसका लागि धन्यवाद नभनी रहन सक्दैनौँ’,निर्देशक भट्टराईले भने,‘फिल्मले तीन सातामा नेपालमा चौध करोड व्यापार गरेको थियो । हामीले हाम्रो अघिल्ला सम्पूर्ण रेकर्ड तोडिसकेका छौँ । विशेषत हलमा आउनुभएको दर्शकलाई खुसी बनाएर फर्काउन पाएका छौँ, यो ठूलो सफलता हो ।’
यस्तै, फिल्मले तीन सातामा नेपालबाहिर नौ करोडको ग्रस कलेक्सन गरेको वितरण कम्पनि एमएसएम इन्टरटेन्मेन्टले जनाएको छ । उक्त कम्पनिका अनुसार शुक्रबार र शनिवार विदेशमा आयोजित सम्पूर्ण शो ‘शोल्ड आउट’ भएका छन् । तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको फिल्मले नेपालमा पन्ध्र करोडको आकडा पार गरिसकेको छ ।
वितरकका अनुसार शनिवार फिल्मको काठमाडौँ उपत्यकामा ६० र मोफसलमा ८० बढी शो थियो । ती शो ‘हाउसफुल’ थिए । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । विशेषत परिवार नै दर्शकको रुपमा हलमा आइरहेकाले दिवादेखिका शोहरूमा आईतबार पनि अकुपेन्सी बलियो देखिएको छ ।
फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - ०८:५७
जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...
श्रावण २९ गते, २०८३ - ०८:५१
पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...



प्रतिकृया लेख्नुहोस्: