काठमाडौं। प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र बझाङ–१ (१) मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले साे संख्यामा मतपत्र छाप्न लागेकेा हाे ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुवै क्षेत्रको उपनिर्वाचनका लागि डिजाइन स्वीकृत भइसकेको र आगामी साता मतपत्र छपाइ सुरु हुने जानकारी दिए । उनका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १ (१) का लागि ६८ हजार मतपत्र छापिने छ । मतपत्र छपाइ भक्तपुरको सानोठिमीमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) मा हुने छ ।
इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन् । बझाङ १ (१) मा ६१ हजार ७४८ मतदाता छन् । दुवै क्षेत्रमा कुल मतदाताको १० प्रतिशत बढी मतपत्र छापिने छ । आयोगका प्रवक्ता पौडेलले इलाम प्रतिनिधि सभा सदस्य र बझाङ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रका लागि एकै प्रकारको मतपत्र हुने बताए । दुवै क्षेत्रको उपनिर्वाचनमा प्रयोग हुने मतपत्र सेतो पृष्ठभूमिमा रातो चिह्न र विवरण अङ्कित हुने छ । इलाम–२ मा १९ जना उम्मेदवार छन् । बझाङ १ (१) मा ११ जना उम्मेदवार छन् । इलाम–२ मा १२ जना राजनीतिक दलका र सात जना स्वतन्त्र उम्मेदवार छन् । बझाङ १ (१) मा उम्मेदवारी कायम रहेका ११ जना नै दलीय उम्मेदवार छन् ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: