Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने

खबरडबली संवाददाता

सुनसरी ।  बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । 

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको तर्जुमा भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचीव सुवास संकल्प श्रेष्ठले जानकारी गराए ।

बिराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला प्रमुख अतिथी रहने कार्यक्रम बिराटनगरको पुष्पलाल चोकमा अवस्थित ताण्डब रेस्ट्रो एण्ड क्याफेमा बिहान ११ बजेदेखी सुरु हुने छ । 

अन्तक्रिया कार्यक्रमका लागी वक्ताको रुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यायसायी कुबेर शर्मा, फिल्म निर्देशक केशब रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल रहेका छन् । यी वक्ताहरुले आफ्नो आफ्नो विधा अन्तर्गत रहि कोशी प्रदेशमा फिल्म छायांकन र प्रदर्शनमा देखिएका सिनेमा समस्या संगै संगीत विधामा के कस्तो समस्या छ भन्ने बारेमा कुरा साझेदार गर्ने तालिका तय भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष सन्जु राईले बताइन् ।

यस्तै यो सेसनको टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई रहेका छन् भने अन्तक्रियाको सहजकर्ता आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठले गर्नेछन् । 

\नयाँ वर्ष २०८१ सालको प्रारम्भ भएको अवसरमा विश्व कला दिवस पनि बैशाख ३ गते पर्ने भएकोले यो समयमा कार्यक्रम गर्न लागिएको हो । कोशी प्रदेश भरिका कलाकारहरूलाई समेट्ने गरि यतिबेला तयारी भैरहेको छ । अन्तक्रिया कार्यक्रमसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहनेछ । 

यो कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, घरज्वाईं, अञ्जीला, सुगुप, पुजार सार्की रहेको छ भने सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, रिजन होटल एण्ड म्युजिक क्याफे, वाई वाई नुडल्स र टेलिफिल्म बाहुनी कान्छी पनि यो कार्यक्रमको सहयोगीको रुपमा रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending