सुनसरी । बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।
पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको तर्जुमा भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचीव सुवास संकल्प श्रेष्ठले जानकारी गराए ।
बिराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला प्रमुख अतिथी रहने कार्यक्रम बिराटनगरको पुष्पलाल चोकमा अवस्थित ताण्डब रेस्ट्रो एण्ड क्याफेमा बिहान ११ बजेदेखी सुरु हुने छ ।
अन्तक्रिया कार्यक्रमका लागी वक्ताको रुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यायसायी कुबेर शर्मा, फिल्म निर्देशक केशब रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल रहेका छन् । यी वक्ताहरुले आफ्नो आफ्नो विधा अन्तर्गत रहि कोशी प्रदेशमा फिल्म छायांकन र प्रदर्शनमा देखिएका सिनेमा समस्या संगै संगीत विधामा के कस्तो समस्या छ भन्ने बारेमा कुरा साझेदार गर्ने तालिका तय भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष सन्जु राईले बताइन् ।
यस्तै यो सेसनको टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई रहेका छन् भने अन्तक्रियाको सहजकर्ता आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठले गर्नेछन् ।
\नयाँ वर्ष २०८१ सालको प्रारम्भ भएको अवसरमा विश्व कला दिवस पनि बैशाख ३ गते पर्ने भएकोले यो समयमा कार्यक्रम गर्न लागिएको हो । कोशी प्रदेश भरिका कलाकारहरूलाई समेट्ने गरि यतिबेला तयारी भैरहेको छ । अन्तक्रिया कार्यक्रमसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहनेछ ।
यो कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, घरज्वाईं, अञ्जीला, सुगुप, पुजार सार्की रहेको छ भने सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, रिजन होटल एण्ड म्युजिक क्याफे, वाई वाई नुडल्स र टेलिफिल्म बाहुनी कान्छी पनि यो कार्यक्रमको सहयोगीको रुपमा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: