Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

खबरडबली संवाददाता

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यअनुसार आज सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ र पार्सले प्रतिकिलो १ हजार ५०० रुपैयाँसम्म पुगेको छ। यस्तै पालुङ्गो २५०, कुरिलो ५००, जिरीको साग ५००, पुदिना ५००, एभोकाडो ५०० र ड्रागन फ्रुट ५०० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने भएको छ।

तरकारीको मूल्य

कृषिउपज अधिकतम थोक मूल्य
गोलभेँडा ठूलो (नेपाली) रु ७०
गोलभेँडा ठूलो (भारतीय) रु ८०
गोलभेँडा सानो (लोकल) रु ३०
गोलभेँडा सानो (टनेल) रु ५८
आलु रातो (लाम्चो) रु ५१
आलु रातो (गोलो) रु ५३
आलु रातो (मुढे) रु ५३
आलु रातो (भारतीय) रु ३७
आलु सेतो रु ३५
प्याज सुकेको (भारतीय) रु ६४
गाजर (लोकल) रु १२०
गाजर (तराई) रु ८०
बन्दा रु ४०
काउली स्थानीय रु १००
रातो मूला रु ३०
सेतो मूला रु ३०
भन्टा लाम्चो रु ५०
भन्टा डल्लो रु ६०
बोडी तने रु १००
मकै बोडी रु १००
घिउ सिमी रु ९०
टाटे सिमी रु ९०
भटमास कोसा रु १२०
तीते करेला रु ५०
लौका रु ६०
परवर रु ६०
चिचिण्डो रु ३०
घिरौँला रु ३०
झिगुनी रु ६०
फर्सी पाकेको रु ६०
भिन्डी रु ५०
पिँडालु रु १००
स्कुस रु ६०

सागपात तथा अन्य कृषिउपज

रायोसाग प्रतिकिलो १३०, पालुङ्गो २५०, तोरीको साग १००, हरियो प्याज २००, च्याउ (कन्य) २८०, च्याउ (डल्ले) ४५०, राजा च्याउ ३३० र सिताके च्याउ १ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ।

कुरिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन ३००, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५०, पुदिना ५००, गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलोसम्म रहेको छ।

फलफूलको मूल्य

स्याउ (फुजी) प्रतिकिलो ३००, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती २५०, अनार ४००, मालदह आँप २८०, चोसा आँप २५०, हरियो तरबुजा ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तोकिएको छ।

यस्तै लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १५, लोकलक्रस काँक्रो ५०, रुख कटहर ६०, लोकल नास्पाती ९०, चाइनिज नास्पाती २००, नेपाली मेवा ९०, भारतीय मेवा १२०, लप्सी ६०, अमला २८०, एभोकाडो ५००, काँचो नरिवल ८० र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलोसम्म रहेको छ।

मसला, फलफूल र माछाको मूल्य

ड्रागन फ्रुट प्रतिकिलो ५००, अदुवा २३०, सुकेको खुर्सानी ५५०, लाम्चो हरियो खुर्सानी ९०, बुलेट खुर्सानी ९०, माछे खुर्सानी ६० र अकबरे खुर्सानी ३०० रुपैयाँसम्म रहेको छ।

लसुन हरियो १८०, हरियो धनियाँ ३००, सुकेको चाइनिज लसुन २४०, सुकेको नेपाली लसुन २००, छ्यापी सुकेको २०० र सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलोसम्म निर्धारण गरिएको छ।

ताजा माछातर्फ रहु प्रतिकिलो ३७० तथा बचुवा र छडी माछा ३३० रुपैयाँ प्रतिकिलोसम्म रहेको समितिले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending