रुपन्देही । रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ ।
हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका–८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गरे। यस्तै सियारी गाउँपालिका–३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी–४ का मनोज केवट तेस्रो भई रु सात हजार एक सय तथा सियारी–१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन–४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाए । उक्त दौडमा पाँच सयभन्दा बढी व्यतिm सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिए ।
“नेपालको संस्कृति संसारकै लागि अनुकरणीयण् रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्,” उनले भने–“हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।”यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उनको भनाइ छ ।
नेपालमा पश्चिमी संस्कृति हावी हुँदै गएकामा सङ्घ चिन्तित बनेको छ । “हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दैआएका छौँ”, सङ्घचालक आचार्यले भने।
दौडमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहेको थिए। रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने पराम्परा तोडिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: