Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

डोल्पामा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

खबरडबली संवाददाता

डोल्पा। हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उहाँले बताउनुभयो । उपचारको क्रममा एक जना राति र एक जना बिहानपख मृत्यु भएको प्रजिअ दाहालको भनाइ छ ।

काठमाडाँैमा मृत्यु हुनेमा १२ वर्षीया विवस बुढा र वर्ष १३ का समन्त बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको र बचाउनका लागि धेरै प्रयास गर्दा नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए ।

एकै गाउँका तीन बालबालिका आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको उहाँले बताए। आगलागीमा परेर एक घरका दुई बालबालिकाको मृत्यु भएको उनको भनाइ छ । त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौँ पु(याइएको थियो ।

डोल्पामै गत मङ्गलबार ठूलीभेरी नगरपालिका–४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो । घाइते बालबालिकाको उद्धारको लागि हेलिकप्टर भाडा मात्रै साढे सोह्र लाखभन्दा धेरै खर्च आएकाले यसका लागि त्रिपुरासुन्दरी नगरपालिका, कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending