सिरहा । प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।
हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने अपेक्षा गरिएको सहलेश फूलबारी मेला व्यवस्थापन समितिका अध्यक्ष तारणीप्रसाद चौधरीले बताए ।
भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए।
नौ बिघा क्षेत्रफलमा फैलिएको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र लहान बजारदेखि चार किलोमिटर दक्षिण(पश्चिममा पर्दछ । यहाँ मेला भर्न श्रद्धालु अघिल्लै दिनदेखि आउने गर्दछन् ।
सहलेश मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार १४ औँ शताब्दीका राजा सलहेसको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको हो । यहाँ नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किंवदन्ती छ । त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गर्छन् ।
सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वास रहेको पुजारी धामीले बताए।
नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । सलहेश क्षेत्रको उचित विकास गरी अपेक्षित लाभ लिन नसकिएको स्थानीय प्रदीप चौधरीले बताए।
स्थानीय, प्रदेश तथा नेपाल सरकारले एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाको भनाइ छ । ऐतिहासिक धार्मिक क्षेत्रको संरक्षणका लागि नेपाली सेनाले राजा सलहेशको इतिहास शिलालेखमा उतारेर पैदल मार्ग बनाएको चोहर्वास्थित श्री शेरगणका प्रमुख दीपक कार्कीले जानकारी दिए।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ऐतिहासिक सहलेश फूलबारीको संरक्षण र व्यवस्थापन सुधारका लागि नगरपालिकाले काम गरिरहेको र समग्र विकासका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २४ गते, २०८३ - १८:११
काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...
जेष्ठ २३ गते, २०८३ - ११:२१
नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...
जेष्ठ २३ गते, २०८३ - ११:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...
जेष्ठ २३ गते, २०८३ - ०८:३०
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...
जेष्ठ २३ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पै...
जेष्ठ २३ गते, २०८३ - ०८:२५
काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्। कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका...
जेष्ठ २३ गते, २०८३ - ०८:२४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उ...
जेष्ठ २३ गते, २०८३ - ०८:१०
विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले यसपटक सांसदहरूका लागि योजनागत बजेट सीमा (सिलिङ) स्पष्ट रूपमा तोकेर प्रक्रिया ...
जेष्ठ २३ गते, २०८३ - ०८:०६
काठमाडौं । २१ फागुनको निर्वाचनमा अपेक्षाविपरीत पराजय भोगेपछि नेकपा एमालेभित्र नेतृत्व, संगठन र आगामी दिशा बारेको बहस तीव्र बनेको छ। लामो समयदेखि एकै स...
जेष्ठ २३ गते, २०८३ - ०८:०२
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समय हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकल...



प्रतिकृया लेख्नुहोस्: