गुल्मी । एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहुँ त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् ।
डिभिजन वन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार जिल्लामा आजसम्म दुई सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसमा त्रासैत्रासमा रात गुजार्ने गर्दछन् ।
जब गर्मी मौसम सुरु हुन्छ तब यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन् । गत दुई साताको अवधिमा गुल्मीको रेसुङ्गा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ । निजी जङ्गलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ । निजी जङ्लको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिए ।
जङ्गलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जङ्गलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ । मानिसमा चेतनाकै अभावका कारण गुल्मी जिल्लामा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत पङ्कजकुमार ठाकुरले बताए ।
उनका अनुसार आगो लागाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ तर आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको बताए ।
आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लास्थित सुरक्षाकर्मीलाई हैरानी थपिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन् । यसले स्थानीयवासीलाई जोखिमबाट जोगाउनेमा थप मद्दत मिलेको छ ।
गत १४ वर्षअघि इस्मा गाउँपालिकाअन्तर्गत हस्तिचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीको अकालमै ज्यान गयो । त्यसैगरी, गत आठ वर्षअघि मदाने गाउँपालिकाअन्तर्गत मलायगिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का र इस्मा गाउँपालिकास्थित दोहलीका तुल्सी लामा गुरुङ, लोकबहादुर गुरुङ र गोपाल सुनारको पनि डढेलो नियन्त्रणको क्रममा आगोमा परेर ज्यान गएको थियो ।
जिल्लाका विभिन्न जङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन । आगलागी नियन्त्रणकै क्रममा पछिल्लो पाँच वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ तर राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवाले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताए ।
उनले राहतका लागि कार्यालय, जिल्ला प्रशासनदेखि नेतालाई भने पनि पीडित परिवारले अझैसम्म राहत नपाएको गुनासो गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: