Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सुदूरपश्चिममा सञ्चालित कोल्डस्टोर सङ्कटमा

खबरडबली संवाददाता

कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो ।

किसानको आवश्यकतालाई मध्यनजर गर्दै घोडाघोडी–१० मा विसं २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो कोल्डस्टोर सञ्चालन गरिएको थियो । 

रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कोल्डस्टोर रु २० करोड बढी लगानीमा तयार भएको थियो । निर्माण सम्पन्न भएसँगै सञ्चालनमा आएको कोल्डस्टोरले ऋण तिर्न नसक्दा बन्द हुने अवस्था पुगेको कोल्डस्टोर सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए । उनका अनुसार स्टोरलाई रु २० करोड बढी ऋण रहेको छ ।

“बैंकमा मात्रै रु १६ करोड ४४ लाख ऋण छ । अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी रु २० करोड बढी पुुग्छ”, रावतले भने, “सरकारले अनुदान पनि दिएन अहिलेसम्म किसानकै पैसाबाट सञ्चालन भइरहेको छ ।” उनका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० कोल्डस्टोरका लागि रु नौ करोड ९० लाख विनियोजन गरे पनि उपलब्ध भएको छैन ।

कोल्डस्टोर सञ्चालन भएकै वर्ष यहाँका तीन हजार चार सय ५३ जना किसानले आफ्नो उत्पादन राखेकामा अहिले उक्त सङ्ख्या बढेर छ हजार बढी पुगेको रावतले जानकारी दिए । कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकाका किसान यसबाट लाभान्वित भएका छन् ।

किसानको सङ्ख्या बढिरहे पनि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने अवस्था आउन लागेको रावतको भनाइ छ । कोल्डस्टोर भएर निकै सहज भएको कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बिउ भण्डारण गर्न आएका किसान रामु चौधरीले बताए । “यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको ल्याएको छु । बन्द हुुने अवस्थामा स्टोर छ किसानले कसरी जीविकोपार्जन गर्ने ?”, उनले प्रश्न गरे । 

स्टोर सञ्चालनमा आएपछि खेती सुरु गरेको बताउँदै स्टोर बन्द भएमा उत्पादित तरकारी तथा आलु भण्डारणमा समस्या हुने किसान प्यारेलाल चौधरीले बताए । उक्त कोल्डस्टोरमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोपी राख्न मिल्ने सञ्चालक समितिका अध्यक्ष रावतले बताए । 

विद्युत्को बिल भुक्तानी गर्न समस्या भएपछि यहाँ पटकपटक लाइन काटिने गरेको शेयर सदस्य राजेन्द्र देवकोटाले बताए । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढेको उनको भनाइ छ ।

“किसानबाट उठेको रु आठ लाख बिजुलीको बिल तिरेका छौँ”, अध्यक्ष रावतले भने, “बैंकले पनि यही चैत्र २० गते लिलामीका लागि बोलिसकेको छ । स्टोरलाई बचाउन किसानलाई नै शेयर जारी गर्ने अभियानमा लागेको छु ।”

प्रदेशकै ठूलो कोल्डस्टोरको संरक्षण गर्न प्रयास गरिरहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए । घोडाघोडीको मात्रै नभई किसानको पहिचानसँगै सुदूरपश्चिमको अस्तित्वसँग जोडिएकाले अन्य पालिकासँग पनि सहयोगका लागि समन्वय भइरहेको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

धनगढी । धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षी...

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ ।  राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्ष...

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरुको शव स्वदेश ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्य...

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्...

समितिद्वारा संशोधनको औचित्य पुष्ट्याइ गर्न आग्रह

काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न  बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख...

जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता...

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

एजेन्सी । चिनियाँ भाषा सिकाउने सम्बन्धी २२ औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

हेटौँडा । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को आजको बैठ...

ह्वाइट हाउसको गेटमा गाडी ठोक्किएर चालकको मृत्यु

एजेन्सी । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।  “स्थानीय सम...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप

एजेन्सी । सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल प्ले स्टोरमा राख्न थालिएको छ । जसले सामसुङ मोबाइलका प्रयोगकर्ताहरूको पहुँचमा महत्वपूर्ण विस्तार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies