Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

गाउँपालिकाको अनुदानमा खेतबारी जोत्ने आधुनिक उपकरण

शंकर केसी

सल्यान  । यान्त्रिकीकरण मार्फत कृषि पेशालाई सहज बनाउने उद्देश्य अनुरुप सल्यानको छत्रेश्वरी गाउँपालिकाले किसानहरुका लागि मिनि टिलर वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले समूह, फर्म र सहकारी मार्फत खेती गरिरहेका किसानहरुलाई मिनि टिलर वितरण गरेको हो ।

शुक्रबार गाउँपालिकामा मिनि टिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले मिनी टिलर प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी हुनुपर्ने बताए । खेतीमा सहजता संगै कम लागतमा धेरै उत्पादन लिनका लागि प्रविधिको उपयोग गर्नुपर्नेमा उनको जोड छ ।

आफुहरुलाई गाउँपालिकाले प्रोत्साहन गरेको भन्दै गेमी कृषक समूह छत्रेश्वरी ५ की कोषाध्यक्ष निमा बुढाले खेतबारी जोत्ने मेसिन पाएपछि अब काम छिटो हुने विश्वास व्यक्त गरिन् । यस्तै छत्रेश्वरी कृषि सहकारी संस्थाका सहसचिव खड्ग बहादुर खड्काले आफ्नो सहकारीका सदस्यहरुले सामुहिक तरकारी खेती गर्न लागेको भन्दै अनुदानमा प्राप्त मिनि टिलरबाट फाइदा हुने बताए ।

परम्परागत तरिका भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र सजिलो हुने भएपछि पछिल्लो समयमा कृषकको यसतर्फ आकर्षण बढ्दो छ । यस्ता कृषि उपकरणबाट खेती गर्दा लागत, समय र मेहनत कम लाग्ने भएकाले कृषक, कृषि समूह र सहकारीबाट यस प्रकारका उपकरणको माग बढिरहेको छत्रेश्वरी गाउँपालिकाका नायव प्राविधिक सहायक दिपक पुनले जनाए । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत अनुदानको मिनि टिलर माग गर्दै ८० जनाले आवेदन दिएपनि १९ वटा उपकरण मात्रै वितरण गर्न सकिएको उनको भनाई छ । मिनि टिलर खरिदमा गाउँपालिकाले २५ हजार रुपैयाँ अनुदान दिएको थियो ।

प्रस्ताव आह्वान र माग संगलन गरेर जमिनको भुबनौट लगाएतका विषयमा अनुगमन गरेर यसअघि सो उपकरण खरीदका लागि अनुदान नपाएकालाई पहीलो प्राथमिकता दिइएको पुनले बताए । मिनि टिलर वितरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगाएतको सहभागिता थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending