Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

खबरडबली संवाददाता

पर्वत। पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।

यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । दिउँसोमा मात्र ओपिडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिए।

बिहानदेखि साँझ अबेरसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने उनको भनाइ छ। विशेषगरी मजदुर, कर्मचारी, शिक्षक लगायतको सुविधाका लागि यो सेवा सुरु गरिएको हो। पर्वत अस्पतालले बिहान र बेलुकाका समयमा ओपिडी’ सेवा सुरु गरेपछि दिवासत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकालाई राहत हुने उनले बताए।

दिउँसो मात्र सेवा प्रदान गर्दा बिरामीको घुइँचो बढी हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए। उनका अनुसार दिवासत्रका रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेकामा अब बिहान ७ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। थप भएको समयमा सेवा लिँदा कुनै पनि थप शुल्क नलाग्ने उनको भनाइ छ।

सेवाग्राहीको सहजताका लागि कर्मचारी तथा चिकित्सक थप समय अस्पतालमा खटिन तयार भएपछि समय पनि थप गरिएको डा बास्तोलाले बताए। शनिबार र सार्वजनिक बिदाका दिनमा भने ओपिडी सेवा पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । उनका अनुसार थप गरिएको समयमा पनि स्वास्थ्य बिमितलाई बीमामार्फत सेवा उपलब्ध गराइनेछ।

विस्तारित सेवामा आउँदा बीमा कार्ड अनिवार्यरुपमा ल्याएको हुनुपर्ने अस्पतालले सुचना जारी गर्दै जानकारी गराएको छ। सार्वजनिक बिदाका दिनमा ओपिडी सेवा बन्द हुने भए पनि आकस्मिक सेवा २४सै घण्टा सञ्चालन हुनेछ। मजदुर, शिक्षक, कर्मचारीलगायतले दैनिक काम छोडेर उपचारका लागि समय खचिर्नुपर्ने बाध्यता अन्त्य भएको डा बास्तोलाले बताए।

योसँगै चिकित्सक तथा सेवाग्राहीबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै बिरामीलाई सहज हुने, भिडभाडमा कमी भई सेवाग्राहीलाई लामो समय लाइनमा बस्नु नपर्ने, ‘ओपिडी रिफर’ हुनुपर्ने बिरामीले समयमा नै रिफर भएर जान पाउनेलगायत सुविधा हुने उनको भनाइ छ।

गत आइतबार मात्रै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालको ओपिडी सेवालाई विस्तार गर्ने निर्णय गरेका थिए। उनको निर्णय कार्यान्वयन नहुँदै पर्वत अस्पतालले भने आफ्नो पूर्वतयारी अनुसारको सेवा विस्तार गरेको जनाएको छ।

सेवा विस्तार भएसँगै बिहानमा तीन घण्टा र साँझ दुई घण्टा गरी थप पाँच घण्टा कर्मचारी तथा चिकित्सक खट्नुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले जानकारी दिए। सेवा विस्तार गरे थप जनशक्ति व्यवस्थापन पनि गनृ नसकिएको उनले बताए । प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने उनको माग छ।

पर्वत अस्पतालमा दैनिक दुई सय ५० देखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending