Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

खबरडबली संवाददाता

इलाम । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताए ।  

उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिना’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ ।

महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए । 

‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ ।   महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । 

महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने, “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।”     

महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास ९होमस्टे०, निजी ढङ्गले चलेका होटल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताउनुभयो । महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ ।   

अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोतसाधनको प्रयोग गरी थुम्काथुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृतिसमेत पर्यटकका रोजाइ बन्ने गरेका छन् । 

अन्तुडाँडामा हिउँद वर्षा दुवै याममा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । अहिले दैनिक तीन हजारदेखि चार हजारको सङ्ख्यामा पर्यटक सूर्योदय दृश्यावलोकनका लागि अन्तुडाँडा पुग्ने गरेका छन् । सबैभन्दा धेरै शनिबार पर्यटकको घुइँचो लाग्ने गरेको श्रीअन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले बताए । “यतिबेला दैनिक तीनदेखि चार हजारको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन्”, घिमिरेले भने, “कहिलेकाहीँ त होटल व्यवस्थापन गर्न नै हम्मेहम्मे पर्दछ ।”  

सामान्यतया असोज पहिलो सातादेखि मङ्सिर मसान्तसम्म र फागुन पहिलो सातादेखि वैशाख मसान्तसम्म सूर्योदय दृश्यावलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । समुद्र सहतबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँ नेपाल, भारत तथा तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् ।  

यातायातको सुविधाका कारण धेरै पर्यटक एक रात बस्नकै लागि भए पनि श्रीअन्तु पुग्ने गरेका छन् । पहिलोपटक श्रीअन्तु पुग्ने जोकोही आनन्द लिएर फर्कन्छन् । अन्तुसम्म पुग्न मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी सञ्चालनमा आएपछि पर्यटकलाई थप सहजता मिलेको छ । सूर्योदय नगरपालिको प्रशासनिक केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर यात्रापछि श्रीअन्तु पुगिन्छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending