सर्लाही । सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ । जिल्लको हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण सुरु गरिएको हो ।
चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण सुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिए । तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उनले बताए ।
तटबन्ध बनेपछि हरिवन नगरपालिका–१ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।
तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको रु तीन लाख ९३ हजार ६१७ श्रमदान र कार्यालयको रु ३४ लाख ५६ हजार गरी कुल रु ३८ लाख ४९ हजार ६१७ खर्च हुने अनुमान छ ।
खोलामा ४५ मिटर लामो आरसिसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिनुभयो । योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: