Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

पर्यटन राजधानी पोखरा- जाग्दै आशा, बढ्दै लगानी

खबरडबली संवाददाता

पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट निकै खुसी छन् । 

विसं २०७२ को भूकम्पपछिका विभिन्न आरोह–अवरोह भोग्दै कोरोना कहरसम्मले तहसनहस बनाएको पर्यटनमा आगामी दिनका लागि आशाका किरण चम्किलो बन्दै गएको देखिन्छ । पोखरामा पर्यटनलक्षित पूर्वाधार विकासकै क्रममा हालसम्म रु छ खर्बभन्दा बढी लगानी भइसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा रु सात खर्बभन्दा बढी लगानी भइसकेको उनले बताए । 

निर्माणाधीन सडक पर्यटकका लागि चुनौतीपूर्ण भइरहे पनि चाँडै नै यी सडकले पूर्णता पाउने आशामा व्यवसायी छन् । काठमाडौँमा आएका विदेशी पर्यटकमध्ये लगभग ५० प्रतिशत पोखरामा आउने गरेका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

पोखराको पर्यटनमा गण्डकी प्रदेशको ‘आन्तरिक भ्रमण वर्ष, २०१९’ र नेपाल सरकारको ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई लक्षित गरी ठुलै लगानी थपिएको व्यवसायी बताउँछन् । तत्कालीन समयमा सरकारले पनि लगानी थप्नका लागि आह्वान गरेअनुसार लगानी थपेका व्यवसायी त्यसलगत्तै आएको कोरोना महामारीका कारण ठुलो सङ्कटमा परेका अध्यक्ष श्रेष्ठले बताए । 

कोरानाले थला पारेको पर्यटन बिस्तारै पुरानै गतिमा फर्कने आशा पलाएको बताउँदै उनले अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको उत्साहले अब भने पर्यटन पूर्ववत् अवस्थामा नै फर्कने अपेक्षा गरिएको बताए ।

पोखराको पर्यटनलाई चलायमान बनाउन यहाँका पर्यटनसम्बद्ध सङ्घसंस्थाले प्रवर्द्धनका गतिविधि निरन्तर गरिरहेका श्रेष्ठले बताए । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढिरहेको बताउँदै उनले पोखरा–मुग्लिन सडकको निर्माणाधीन अवस्थाका कारण आवतजावतमा कठिनाइका बिच पनि भारतीयहरू ठुलै सङ्ख्यामा पोखरा आइरहेका  जानकारी दिए ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेसँगै ठुलो सङ्ख्यामा भारतीय पर्यटक आउने क्रम बढेकामा कोरोनासँगै भारतीय पर्यटकको आगमन पनि प्रभावित बनेको थियो । पछिल्ला समयमा भारतीय पर्यटकको आगमन पनि उत्साहजनक रूपमा नै बढ्दै गएको छ । बाटोका विद्यमान असहजताका बिच पनि भारतीय पर्यटक आफ्नै सवारीसाधन लिएर पनि पोखरा आउने गरेका छन् ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै पर्यटन क्षेत्रमा लगानी गर्न गरेको आग्रहसमेतका कारण पोखराका होटलमा पूर्वाधार थप गर्न तत्कालीन समयमा यहाँका व्यवसायीले ठुलै लगानी बढाएका होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । 

सन् २०२० र २०२१ मा ठप्प भएको विदेशी पर्यटक आगमन सन् २०२२ मा भने करिब चार लाख ५० हजार आएको तथ्याङ्क छ । सन् २०२३ मा १० लाख पर्यटक भित्रिएकामा अङ्ग्रेजी नयाँ वर्ष र त्यसयता देखिएको आगमनले आगामी दिनमा पर्यटकको आगमन बढ्ने विश्वास लिइएको सुवेदीले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending