चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले महिला हरेक कुरामा सवल तथा सशक्त हुने बताएका छन् ।
आज चितवनको भरतपुरमा भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संवेदनशीलता, जिम्मेवारी वोध र परिपक्वताको हिसाबले महिला हरेक क्षेत्रमा सशक्त हुने गरेको बताएका हुन् ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त महिलाको नाम लिँदै महिला अधिकारको निम्ति संसारभर स्थापित भएको प्रसङ्ग उल्लेख गरे । मुलुकको हितका लागि भएका कठिनपूर्ण आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता रहेको र इमान्दारिता पूर्वक आफ्नो भूमिका निर्वाह गरेको उनले उल्लेख गरे ।
बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले महिला समाज रुपान्तरणका लागि नेत्तृत्व गर्न सक्ने हुनुपर्ने उल्लेख गरे । सङ्गठनबाट नेत्तृत्व गर्दै देशकै नेत्तृत्व गर्ने उद्देश्य राखेर आम महिला अघि बढ्नुपर्ने उनको भनाइ थियो । सङ्गठन बलियो भएमा मात्र स्थानीय तहदेखि केन्द्रीय तहसम्म बलियो हुने भन्दै उनले सङ्गठनमा लडेर नेत्तृत्वको विकास गर्नपर्ने बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवसर पाएमा महिला कुनै कुरामा पनि कमी नभएको बताए । उनले भने, “हरेक कुरामा हामी अब्बल छौँ भन्ने कुरा हामीले पाएका अवसर र सम्पादन गरेका कार्यहरुबाट पुष्टि भएका छन् ।” महिलाले नेत्तृत्व गरेको ठाउँमा भएका काम थप राम्रो भएको उनको भनाइ थियो ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागकी संयोजक छायाँ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीलगायतले मन्तव्य राखेका थिए । सम्मेलनले आज नै ३५ सदस्यीय समिति चयन गर्नेछ । सम्मेलनमा देशभरबाट सात सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: