सुर्खेत । कर्णालीको चौंथो मुख्यमन्त्री बनेका यामलाल कँडेल २६ वर्षपछि शासकीय भूमिकामा फर्केका छन् । २०५५ सालमा छोटो समय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका कँडेललाई २६ वर्षपछि कर्णाली प्रदेशको बागडोर समाल्ने अवसर प्राप्त भएको हो ।
उनका लागि संसदीय जिम्मेवारी नयाँ होइन । प्रतिनिधिसभा र प्रदेशसभामा समेत गरी उनी चारपटक सांसद भए पनि राज्यको कार्यकारी भूमिकामा भने उनले कमै मौका पाएका थिए ।
यस हिसाबले २६ वर्षपछि उनको शासकीय क्षमताको परीक्षण हुँदैछ । चौंथो पटकको प्रयासमा शासकीय जिम्मेवारी पाएका उनकाअघि चुनौतीका चाङ छन् ।
उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको नगर प्रमुख निर्वाचित भएका थिए । तर, उनले दुई वर्षमै राजीनामा दिएर मध्यावधिको निर्वाचन लडे, र संसद् छिरे । तर सांसद भएपछि भने उनले फेरि नगर प्रमुखकोजस्तो कार्यकारी भूमिकामा रहेर काम गर्ने मौका पाएनन् । कर्णाली प्रदेश स्थापना भएपछि पनि ६ वर्षसम्म मुख्यमन्त्री बन्ने लाइनमा रहेर बल्ल उनी मुख्यमन्त्री बनेका छन् ।
उनले बुधबार कर्णालीको चौँथो मुख्यमन्त्रीकारुपमा शपथ लिए, र कार्यभार सम्हाले । २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले प्रदेशमा तेस्रो दल छ । पहिलो प्रदेशसभा चुनावमा २० सिटसहित सबैभन्दा ठूलो दल भएकाले कँडेलले तत्कालीन एमाले-माओवादी गठबन्धनमा मुख्यमन्त्री दाबी गरेका थिए । तर, गठबन्धनमा कर्णाली माओवादी केन्द्रको भागमा परेपछि उनको प्रयास असफल भएको थियो ।
२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि आलोपालोबाट मुख्यमन्ती बन्ने आशामा थिए कँडेल । तर त्यो बेला सफल हुन पाएन ।
यस्तै २०७७ असोज २४ गते माधवकुमार नेपालले साथ छोड्दा उनले फेरि मौका गुमाए, त्यो बेला कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने ।
२०७८ बैशाखमा कांग्रेसका मुख्यमन्त्री शाहीलाई अल्पमतमा पारेर चौँथोपटक मुख्यमन्त्री बन्न हौसिएका कँडेल एमालेका प्रकाश ज्वालासहितका चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि फेरि एकपटक पछि परे ।
मुख्यमन्त्री बन्ने होडमा उनले २०७९ को चुनाव केन्द्रमा नलडी प्रदेशमै उम्मेदवार भए । तर, माओवादी र कांग्रेसको गठबन्धनमा नेकपा एमाले भने कमजोर नतिजा आयो ।
चुनावपछि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन टुटेपछि कँडेल फेरि मुख्यमन्त्री बन्ने दौडमा होमिए । तर त्यसबेला फेरि कर्णाली माओवादीकै भागमा पर्यो । उनले मौकै पाएनन् । पाँचौँपटक भने उनी एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका छन् ।
बुधबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री कँडेलले निर्णय ठूला गरेर जनतालाई भ्रममा नराख्ने योजनाका साथ आफु मुख्यमन्त्रीको पदग्रहण गरेको बताए । ‘यतिका वर्ष सरकारले गरेका कामहरु राम्रोसँग हेरेको छु कसरी गर्ने, कस्ता काम गर्ने भन्ने विषयमा राम्रो ज्ञान छ' उनले भने, ‘आश्वासन बाँड्नु भन्दा थोरै काम गर्ने तर जनताले चाहेका काम गर्ने सोच बनाएको छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - २१:१७
काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...
श्रावण २८ गते, २०८३ - २१:११
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...



प्रतिकृया लेख्नुहोस्: