Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

२६ वर्षपछि शासकीय भूमिकामा कर्णालीका चौंथो मुख्यमन्त्री कँडेल

खबरडबली संवाददाता

सुर्खेत । कर्णालीको चौंथो मुख्यमन्त्री बनेका यामलाल कँडेल २६ वर्षपछि शासकीय भूमिकामा फर्केका छन् । २०५५ सालमा छोटो समय संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भएका कँडेललाई २६ वर्षपछि कर्णाली प्रदेशको बागडोर समाल्ने अवसर प्राप्त भएको हो । 

उनका लागि संसदीय जिम्मेवारी नयाँ होइन । प्रतिनिधिसभा र प्रदेशसभामा समेत गरी उनी चारपटक सांसद भए पनि राज्यको कार्यकारी भूमिकामा भने उनले कमै मौका पाएका थिए । 
यस हिसाबले २६ वर्षपछि उनको शासकीय क्षमताको परीक्षण हुँदैछ । चौंथो पटकको प्रयासमा शासकीय जिम्मेवारी पाएका उनकाअघि चुनौतीका चाङ छन् ।

उनी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको नगर प्रमुख निर्वाचित भएका थिए । तर, उनले दुई वर्षमै राजीनामा दिएर मध्यावधिको निर्वाचन लडे, र संसद् छिरे । तर सांसद भएपछि भने उनले फेरि नगर प्रमुखकोजस्तो कार्यकारी भूमिकामा रहेर काम गर्ने मौका पाएनन् । कर्णाली प्रदेश स्थापना भएपछि पनि ६ वर्षसम्म मुख्यमन्त्री बन्ने लाइनमा रहेर बल्ल उनी मुख्यमन्त्री बनेका छन् ।

उनले बुधबार कर्णालीको चौँथो मुख्यमन्त्रीकारुपमा शपथ लिए, र कार्यभार सम्हाले । २०७४ सालमा पहिलो दल बनेको एमाले अहिले प्रदेशमा तेस्रो दल छ । पहिलो प्रदेशसभा चुनावमा २० सिटसहित सबैभन्दा ठूलो दल भएकाले कँडेलले तत्कालीन एमाले-माओवादी गठबन्धनमा मुख्यमन्त्री दाबी गरेका थिए । तर, गठबन्धनमा कर्णाली माओवादी केन्द्रको भागमा परेपछि उनको प्रयास असफल भएको थियो ।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि आलोपालोबाट मुख्यमन्ती बन्ने आशामा थिए कँडेल । तर त्यो बेला सफल हुन पाएन ।

यस्तै २०७७ असोज २४ गते माधवकुमार नेपालले साथ छोड्दा उनले फेरि मौका गुमाए, त्यो बेला कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बने ।

२०७८ बैशाखमा कांग्रेसका मुख्यमन्त्री शाहीलाई अल्पमतमा पारेर चौँथोपटक मुख्यमन्त्री बन्न हौसिएका कँडेल एमालेका प्रकाश ज्वालासहितका चार जना सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि फेरि एकपटक पछि परे ।

 मुख्यमन्त्री बन्ने होडमा उनले २०७९ को चुनाव केन्द्रमा नलडी प्रदेशमै उम्मेदवार भए । तर, माओवादी र कांग्रेसको गठबन्धनमा नेकपा एमाले भने कमजोर नतिजा आयो ।

चुनावपछि कांग्रेस-माओवादी केन्द्रको गठबन्धन टुटेपछि कँडेल फेरि मुख्यमन्त्री बन्ने दौडमा होमिए । तर त्यसबेला फेरि कर्णाली माओवादीकै भागमा पर्‍यो । उनले मौकै पाएनन् । पाँचौँपटक भने उनी एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका छन् ।

बुधबार पदभार ग्रहण गर्दै मुख्यमन्त्री कँडेलले निर्णय ठूला गरेर जनतालाई भ्रममा नराख्ने योजनाका साथ आफु मुख्यमन्त्रीको पदग्रहण गरेको बताए । ‘यतिका वर्ष सरकारले गरेका कामहरु राम्रोसँग हेरेको छु कसरी गर्ने, कस्ता काम गर्ने भन्ने विषयमा राम्रो ज्ञान छ' उनले भने, ‘आश्वासन बाँड्नु भन्दा थोरै काम गर्ने तर जनताले चाहेका काम गर्ने सोच बनाएको छु ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending