Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

क्रिकेटर हार्दिक र क्रुनाललाई सौतेलो भाईले ठगे

खबरडबली संवाददाता

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगि गरेको घटना बाहिर आएको छ ।

भारतीय मिडियाहरुका अनुसार हार्दिक र क्रुनालका भाई वैभव पाण्डेयलाई करिब ४ करोड भारु ठगि गरेको आरोपमा पक्राउ गरेको छ ।

वैभवले साझेदार फर्मबाट करिब ४।३ करोड रुपैया डाइभर्ट गरेको आरोपमा दुबै पाण्डे दाजुलाई नोक्सान भएको रिपोर्टमा बताइएको छ ।

यो घटना २०२१ भएको बताइएको छ । आरोपी वैभवले हार्दिक दाजुभाईसँग मिलेर पोलिमर बिजनेस कम्पनी खोलेका थिए, यस कम्पनीमा हार्दिक र क्रुणालको ४०/४० प्रतिशत र वैभवको २० प्रतिशत सेयर थियो ।

आरोपका अनुसार वैभवले गैरकानुनी रूपमा आफ्नो नाफाको हिस्सा २० प्रतिशतबाट बढाएर ३३।३ प्रतिशत पुर्याएका थिए, जसले हार्दिक र कृणाल पाण्ड्यालाई थप आर्थिक नोक्सान पुर्यायो ।

कम्पनीको नाफालाई सोही अनुपातमा तीन भागमा बाँड्नुपर्ने थियो । कम्पनीको नाफाको रकम पाण्डेय दाजुलाई दिनुको सट्टा अभियुक्त वैभवले छुट्टै कम्पनी बनाएर नाफा रकम हस्तान्तरण गरेपछि पाण्डे दाजुलाई करिब ४ करोड ३ लाख रुपैयाँ नोक्सान भएको बताइएको छ ।

हाल इन्डियन प्रिमियर लिगमा दुवै क्रिकेटर दाजुभाइ व्यस्त रहेका बेला मुम्बई पुलिसको आर्थिक अपराध शाखाले कारवाही अगाडी बढाउदै वैभव पाण्ड्यालाई पक्राउ गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन वर्षयता काठमाडौं उपत्यकामा घट्यो सवारी दुर्घटना

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र...

फास्ट ट्र्याकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराईरमधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्...

माछाका परिकारले बढाए लेखनाथमा पर्यटक

गण्डकी । पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात ताल नामबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण न...

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक, यी हुन् छलफलका विषयहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, ...

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र 'नमेटिने घाउ' को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्...

धनगढीको नोभा हस्पिटलमा ढुंगामुढा प्रहार, प्रहरीले हान्यो अश्रुग्यास

धनगढी । १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै धनगढीको नोभा अस्पतालमा तनाब उत्पन्न भएको छ । सामान्य अवस्थामा ल्याइएका क...

लायन्स क्लबको समाजसेवा कार्यमा महत्वपूर्ण योगदान –मुख्यमन्त्री कार्की

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छन्। लायन्स क्लव विरा...

ठाडी भन्सारबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन

सिराहा । जिल्लाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्यभन्दा आधाले घटेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्...

पहिरोले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो

वालिङ । पहिरोले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर ...

बर्दिवासमा अख्तियारलाई दिने भनिएको जग्गामा स्थानीयहरुको अवरोध

महोत्तरी । महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गा विवादित वनेको छ । आयोगले आवासका लागी माग गरेको थप ६ कठ्ठा जग्गा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy