Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

आधारभुत तहको पाठ्यक्रममा वित्तिय साक्षरता कार्यक्रमलाई समावेश गरिने

खबरडबली संवाददाता

सल्यान । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सल्यानमा वित्तिय साक्षरता रणनैतिक योजना, २०८० तयार गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारलाई वित्तीय साक्षरता कार्यक्रम थप प्रभावकारी बनाउनका लागि बुधबार योजना तयार गरिएको छ । 

गाउँपालिकाका जनप्रतिनिधी, बैदेशिक रोजगार बोर्ड र सामी कार्यक्रमका प्रतिनिधीविचमा वृहत छलफल गरेर वित्तिय साक्षरता रणनैतिक योजना तयार गरिएको सामी कार्यक्रम सल्यानका संयोजक विमल गौतमले जानकारी दिए । कार्यपालिका सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेटेर योजना तयार गरिएको  उक्त योजनालाई छत्रेश्वरी गाउँपालिकाको कार्यपालिका बैठकले अनुमोदन गर्ने छ ।

कार्ययोजनामा आधारभुत तहको पाठ्यक्रममा वित्तिय साक्षरता कार्यक्रमलाई समावेश गर्ने उल्लेख छ । यस्तै वैदेशिक रोजगारमा रहेका परिवार तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई, विपन्न, दलित, जनजाती समूदायमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाका सम्बन्धीत शाखालाई जिम्मेवारी तोकिएको छ । 

यस्तै प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमका सहभागिहरु, टोल विकास संस्था एवम् विभिन्न समूहका सदस्यहरुकहाँ पनि यो कार्यक्रमलाई विस्तार गर्ने कार्ययोजनामा उल्लेख गरिएको सामी कार्यक्रम छत्रेश्वरीका फोकल पर्सन पवन केसीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सबै जिम्मेवार तरिकाले लाग्नुपर्ने बताए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउने र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्न सामी कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

छलफल कार्यक्रममा बित्तिय साक्षरता क्षेत्रीय संयोजक छठीराम यादव, बैदेशिक रोजगार बोर्डका क्षेत्रीय संयोजक बिष्णु अर्यालले सामी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेका क्रियाकलाप र यसले ल्याउने सकारात्मक परिवर्तनका बारे जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, मनोसामाजिक परामर्शकर्ता कमला शाही, वित्तिय साक्षरता सहजकर्ता तिलक पुन लगाएतको पनि सहभागिता रहेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending