सल्यान । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सल्यानमा वित्तिय साक्षरता रणनैतिक योजना, २०८० तयार गरिएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेकाहरुको परिवारलाई वित्तीय साक्षरता कार्यक्रम थप प्रभावकारी बनाउनका लागि बुधबार योजना तयार गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधी, बैदेशिक रोजगार बोर्ड र सामी कार्यक्रमका प्रतिनिधीविचमा वृहत छलफल गरेर वित्तिय साक्षरता रणनैतिक योजना तयार गरिएको सामी कार्यक्रम सल्यानका संयोजक विमल गौतमले जानकारी दिए । कार्यपालिका सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेटेर योजना तयार गरिएको उक्त योजनालाई छत्रेश्वरी गाउँपालिकाको कार्यपालिका बैठकले अनुमोदन गर्ने छ ।
कार्ययोजनामा आधारभुत तहको पाठ्यक्रममा वित्तिय साक्षरता कार्यक्रमलाई समावेश गर्ने उल्लेख छ । यस्तै वैदेशिक रोजगारमा रहेका परिवार तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई, विपन्न, दलित, जनजाती समूदायमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाका सम्बन्धीत शाखालाई जिम्मेवारी तोकिएको छ ।
यस्तै प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमका सहभागिहरु, टोल विकास संस्था एवम् विभिन्न समूहका सदस्यहरुकहाँ पनि यो कार्यक्रमलाई विस्तार गर्ने कार्ययोजनामा उल्लेख गरिएको सामी कार्यक्रम छत्रेश्वरीका फोकल पर्सन पवन केसीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा सबै जिम्मेवार तरिकाले लाग्नुपर्ने बताए । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउने र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरी देशभित्रै रोजगारीको अवसरहरू सिर्जना गर्न सामी कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
छलफल कार्यक्रममा बित्तिय साक्षरता क्षेत्रीय संयोजक छठीराम यादव, बैदेशिक रोजगार बोर्डका क्षेत्रीय संयोजक बिष्णु अर्यालले सामी कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेका क्रियाकलाप र यसले ल्याउने सकारात्मक परिवर्तनका बारे जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, मनोसामाजिक परामर्शकर्ता कमला शाही, वित्तिय साक्षरता सहजकर्ता तिलक पुन लगाएतको पनि सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: